२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघ र परिसंघको नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता, नीजि क्षेत्रका संस्थाहरु बीच सहकार्यको सुरुवात



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ ।

महासंघले सोमबार परिसंघका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई वधाइ एवं शुभकामना प्रदान गर्न आयोजना गरेको उक्त कार्यक्रममा दुवै संस्थाको नेतृत्वले सहकार्यमा जोड दिएका हुन् ।

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेश कुमार अग्रवाललाई वधाइ दिदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

हामीले विगतमा पनि सहकार्य गरेर सुखद नतिजा ल्याउन सफल भएका थियौ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ, उहाँले भन्नुभयो । महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्शले विहीबार संयुक्त रुपमा आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछ । यसले सकारात्मक सन्देश दिनेछ, ढकालले भन्नुभयो ।

यसैगरि परिसंघका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरुबीच पनि सहकार्य आवश्यक रहेको बताउनुभयो । महासंघको स्वागतका लागि धन्यवाद दिंदै उहाले भन्नुभयो, हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ ।

परिसंघको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । सोमबारको छलफलमा परिसंघ र महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।