• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

हामीलाई सरकारमा जान नदिने प्रयास भइरहेको छः ओली



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेकाले नेकपा एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ ।

‘देश समृद्धि होस्, जनता सुःखी रहुन्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाई छ । सोमवार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उहाँले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताउनु भयो । ओलीले आफू सरकारमा नभएपनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गर्नुभयो ।

उहाँले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटकपटक दोहो¥याउनु भयो । ओलीले देश र जनताको सेवा गरेवापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबैभन्दा ठूलो प्राप्ती हुने गरेको बताउनु भयो । उहाँले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम शुरु गरेको, दुर्गम ठाउँहरुको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम शुरु गरेको भएपनि त्यसको श्रय लिनुपर्छ भन्ने नलागेको बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘कमसेकम के चाहीँ भन्नसक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता शुरु गरिएको थियो । पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, असक्तता भएका व्यक्तिहरु, अपांगता भएका व्यक्तिहरु समेतको प्रबन्ध प्रतिमहिना ४ हजार दिने गरी त्यो प्रवन्धमा मैले पु¥याएको छु आफैँले निर्णय गरेर । हाम्रा बालबालिकाहरु अनाथ भएर, सडकमा खाते भएर बस्न सक्दैनन् नेपालमा त्यस्तो सुहाउँदैन भनेर बालबालिकाहरु खाते भएर सडकमा अलपत्र पर्ने होइन, त्यसको व्यवस्था सरकारले गर्छ भनेर मैले ती बालबालिकाहरुको प्रवन्धहरु, कोही पनि सडकमा हुनुहुन्न भनेर तिनको खाने, बस्ने, पढने प्रबन्ध, त्यो सुरु गराएँ ।

नेपाल भिखमंगाको देश होइन भनेर भिख माग्न कसैले नपरोस् भनेर, सोधेर, खोजेर भिख माग्नु नपर्ने स्थिति बनाइयो । सडकमा अलपत्र परेका मानिसहरुलाई विभिन्न संघ, संस्थाहरुसँग मिलेर तिनको व्यवस्थापन गर्ने प्रवन्ध गरिएको हो । र, नेपालका बाटाघाटाले नेपाल जोडियोस् । दुर्गम ठाउँ कहीँ पनि नरहोस् भनेर हुलाकी बाटो थियो । त्यसलाई राजमार्ग बनाइएको हो दुई लेनको । मदन भण्डारी राजमार्ग नयाँ बनाइएको हो । पुरानो राजमार्गलाई ४ लेन, ६ लेनको बनाइएको हो । जनकपुरमा रेल ल्याइएको हो । पूर्वपश्चिम रेलको लाईन बनाइएको हो । मध्य पहाडी राजमार्ग खनाइएको हो । अब मध्यपहाडी राजमार्गबाट यही मंसीरको अन्त्यतिर पश्चिमबाट सुरु गरेर पूर्व पहाडैपहाडतिरबाट जाने यो योजना बनाएको थिए । र, मैले दुर्गम भन्दा दूर्गम ठाउँहरु नेपालको हिमाल पारीका गाउँहरु म घुम्न गएको छु । चाँहे मिली भ्याली होस् । चाहे रुवि भ्याली होस् । चाहे अरु ठाउँहरु हुन् । झापाको मात्रै कुरा होइन नि । म देशभरीका जनतालाई माया गर्छु ।

झापाको बाटो बनाउने कुरा होइन् म देशभरी बाटो बनाउँछु । झापाका जनतालाई मात्रै खानेपानीको व्यवस्था गर्ने होइन, देशभरका देशभरका जनतालाई खानेपानीको व्यवस्था गर्छु भन्ने मेरो उद्देश्य हो । मेरा ठाउँका, मेरा गाउँका ज्येष्ठ नागरिकहरुलाइ मात्रै होइन, देशभरीका ज्येष्ठ नागरिकलाई व्यवस्था गरिनुपर्छ भन्ने कुरा हो । यो बापत मैले श्रेय पाउँ भनेर होइन । मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले रामो भनोस्, राम्रो नभनोस् । तर राम्रो काम चाहीँ गर्नैपर्छ । राम्रो काम अनवरत गरिरहनु पर्छ । गर्दै जानुपर्छ । कसले के भन्यो भन्ने कुरा होइन । कसैले भन्न सक्ला–कस्तो लोभी रहेछ ? परलोकमा पनि सुख पाउन यस्तो यस्तो काम गरिरहेछ भनेर आरोप लगाई दिन्छन् नि । विजय मूर्तिजीले यो काम गर्नु भएको छ । आ, यो परलोक सपार्नका लागि यो काम गरेको हो भनेर आरोप लगाई दिन सक्छन । अव के गर्नु हुन्छ ? परोलोक कसैले देखेको छैन । यसको कुरा नगरौं । तर, यो लोक बनाउनु पर्छ ।

यो लोकलाई बनाउनु पर्छ आनन्दमय । समृद्ध देश र जनतालाई सुखी बनाउनु पर्छ । देश समृद्ध होस्, जनता समृद्ध होस् । यस देशको आधुनिकीकरण गर्नुपर्छ, विकास गर्नुपर्छ । मेरो कुरा सुनेपछि यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन् । किनभने यी कामहरु गर्नुको अर्थ उनीहरुको कारोबार बन्द हुन्छ । त्यसकारण केही मान्छेहरु त्यसको बिरुद्धमा लाग्छन फेरि । तर, यो चिन्ताको विषय होइन । हामी कर्मणेवाधिकारस्ते भनेजस्तो प्रतिफल के आउँछ भन्ने कुरा होइन । तपाईले दान दिएपछि के प्रतिफल आउँछ ? दान दिएपछि प्रतिफल भन्दा सन्तुष्टि मिल्छ । आनन्द मिल्छ तपाईलाई । त्यसकारण सेवा गरेपछि के प्रतिफल आउँछ ? आनन्द मिल्छ त्यसबाट । सन्तोष मिल्छ त्यसबाट । त्यही हो प्राप्ती ।’

अध्यक्ष ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताउनु भयो । त्यस अवसरमा उहाँले ज्येष्ठ नागरिक आश्रमहरुलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराउनुभएको थियो ।