२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोभिड–१९ सङ्क्रमण दर बढेपछि काबुलसहित अन्य १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द

कोभिड–१९ सङ्क्रमण दर बढेपछि काबुलसहित अन्य १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द
अ अ+ अ-

काबुल । कोभिड–१९ सङ्क्रमण बढेपछि अफगानिस्तानको राजधानी काबुलसहित अन्य १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय अफगानिस्तान सरकारले गरेको छ । कोभिड–१९ लाई रोकथाम गर्ने उद्देश्यले उक्त घोषणा गरिएको टोलो न्यूजले अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी गराएको छ ।

कोभिड–१९ नियन्त्रणका लागि काबुल, गजनी, हेलमण्ड, कान्दाहर, लोगर, नानगर, परवान, मैदान वार्ड, पञ्जशीर, बल्ख, लघमान, बद्दाशान, कपिसा, कुंदलगायतका क्षेत्रमा सरकारी तथा निजी विद्यालयहरू, विश्वविद्यालयहरू र तालिम केन्द्रहरू बन्द गरिएको हो । 

मन्त्रालयका अनुसार गत वर्ष कोभिड–१९ को पहिलो लहर आउँदा एक दिनमा सबैभन्दा धेरै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९१५ रहेकोमा दोस्रो लहरबाट शुक्रबार ९७७ जना सङ्क्रमित भएपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय लिएको बताइएको छ । सरकारले २४ घण्टाको अन्तरालमा तीन हजार ८०० नमूनामा कोभिड–१९ परीक्षण गर्दा ९७७ जना सङ्क्रमित भेटिएको हो । उक्त अवधिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका १८ व्यक्तिको मृत्यु भएको र १५७ जना निको भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार अफगानिस्तानमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ७० हजार १०७ पुगेको छ भने दुई हजार ८९९ सङ्क्रमितको मृत्यु भएको छ । यहाँ कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या ५७ हजार ११९ रहेको बताइएको छ । रासस