• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ? ★   ‘चीनसँग बढी नजिक भयो भनेर भारतीय दबाबमा राजसंस्था हट्यो’ ★   च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र डर्टमण्ड भिड्दै ★   श्री केश तेलः कपाल उमार्ने भन्दै तेलको विज्ञापन गरेर कलाकार नै जान्छन् आफ्नो कपाल रोप्न…

मुलपानी क्रिकेट मैदानको नाम यथावत रहने



काठमाडौँ । मुलपानी क्रिकेट मैदानको नाम यथावत रहने भएको छ ।

नेपाल क्रिकेट संघले (क्यान)ले सो मैदानको नाम यथावत राख्ने निर्णय गरेको हो । क्यानले मैदानको नाम फेर्दै जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखेको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका र स्थानीयको चर्को विवादका कारण क्यानले लगत्तै नाम फेर्ने निर्णय संशोधन गरेको जनाइएको छ । कागेश्वरी मनोहराका प्रमुख उपेन्द्र कार्कीले क्यानले नाम यथावत राख्ने निर्णय गरेको पत्र प्राप्त भएको जानकारी दिएका छन् ।

गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरबीचको खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएपछि त्यस मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।