काठमाडौ । नेकपा एमालेका नेता घनश्याम भुसालले योजनाबद्ध रुपमा बर्तमान सबिधान च्यात्न केपी ओलीलाई प्रयोग गराईएको आरोप लगाउदै ओलीको उपादेयता केही समय पछि सकिने र नयाँ खिलराजहरुको अभ्यास हुने भन्दै दिनु भएको अभिब्यक्ति माथी भुसालका सहकर्मी तथा एमाले नेता शंकर पोखरेलले जबाफ फर्काउनु भएको छ ।
सामाजिक संञ्जाल फेसबुक मार्फत पोखरेलले भन्नुभएको छ संविधानतः मध्यावधिमा जादा ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा हो खिलराज रेग्मी जन्मिने । अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै । नेता भुसाल र पोखरेल नेकपाको दुई कित्तामा उभिनु भएको छ ।
भुसाल ओलैले गरेका काम प्रति असहमति जनाउदै उहाँसंग बिद्रोह गरिरहनु भएको छ भने नेता पोखरेल ओलीको कदमको बचाउको पक्षमा उभिदै आउनु भएको छ ।











