२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बजेटमा कोभिड नियन्त्रणलाई प्राथमिकता

बजेटमा कोभिड नियन्त्रणलाई प्राथमिकता
अ अ+ अ-

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्य बाचन शुरु गरेका छन् । आर्थिक वर्षका लागि सरकारद्धारा आय व्ययसहितको अनुमानित बजेट सार्वजनिक गर्दै गरेको सरकारले संसद विघटन पछि अध्यादेश मार्फत बजेट ल्याएको हो ।

शनिबार मध्यान्ह बसेको मन्त्रिपरिषदको बैठकले बजेटका लागि आवश्यक ३ वटा अध्यादेशका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थियो । ती अध्यादेशपछि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दैछन् ।

यसैगरी सरकारले कोभिडको नियन्त्रणमा बजेट केन्द्रित गरेको छ । सबै सरकारी अस्पतालहरुमा परीक्षण र कोभिडको निशुल्क उपचार, स्वास्थ्य सम्बनन्धी उपकरण खरिदमा छुट, अक्सिजन उत्पादनमा लाग्ने बिजुलीमा ५० प्रतिशत छुट, तलब र ५० प्रतिशत जोखिम भत्ता दिएर पूर्व स्वास्थ्यकर्मी तथा इन्टर्नसिपमा रहेकालाई खटाइने, संक्रमित भइ घरमा रहेकाहरुलाई निशुल्क सेवा दिइने व्यवस्था सो बजेटमा गरेको छ ।

त्यसैगरी विश्वका थोरै मुलुकसँग खोप अभियान शुरु गरेको र खोप तथा औषधि किन्नका लागि २६ अर्ब ७५ करोड छुट्याएको छ । बजेटमा नागरिकलाई निशुल्क खोपको व्यवस्था गरिने जनाइएको छ । सफाइकर्मी, सुरक्षाकर्मीलाई जोखिम भत्ता दिइने बताइने छ ।

त्यस्तै सरकारले कोभिड रोगको नियन्त्रणका लागि ५३ अर्ब ३५ करोड बजेट बिनियोजन गरेको छ ।