४ श्रावण २०८३, सोमबार
,
Latest
इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध, पहिरोसँगै खसेको ढुंगाले ट्रकमा लाग्यो



अ+ अ-

काठमाडौँ । बिहीबारदेखि पटक–पटक बन्द तथा सुचारु हुँदै आएको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

हिजो बेलुकीदेखि दुईतर्फी खुलेको सडक राति दुई बजेदेखि फेरि बन्द भएको हो । प्रहरीका अनुसार गाडी ओहोरदोहोर भइरहेको बेला तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोसँगै खसेको ढुंगाले लागेर एउटा ट्रक सडक छेउमा फसेको छ । ट्रक चालक सामान्य घाइते भएका र उनको मुग्लिनमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

पहिरोसँगै सडक छेउमा कोल्टे परेर अडिएको ट्रक हटाएपछि मात्रै गाडी सञ्चालन हुन सक्ने बताइएको छ । पहिरो पन्छाउने डोजर तैनाथ अवस्थामा रहे पनि ट्रक हटाउने क्रेन पुग्न बाँकी रहेकाले सडक खुल्न समय लाग्ने प्रहरीले जनाएको छ ।

दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीबारदेखि पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोरेका छन् । सडकमाथिको पहाड पूरै खस्ने जोखिम रहेकाले सो स्थानमा यात्रा गर्नु जोखिमपूर्ण बनेको छ ।