२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध, पहिरोसँगै खसेको ढुंगाले ट्रकमा लाग्यो



अ+ अ-

काठमाडौँ । बिहीबारदेखि पटक–पटक बन्द तथा सुचारु हुँदै आएको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

हिजो बेलुकीदेखि दुईतर्फी खुलेको सडक राति दुई बजेदेखि फेरि बन्द भएको हो । प्रहरीका अनुसार गाडी ओहोरदोहोर भइरहेको बेला तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोसँगै खसेको ढुंगाले लागेर एउटा ट्रक सडक छेउमा फसेको छ । ट्रक चालक सामान्य घाइते भएका र उनको मुग्लिनमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

पहिरोसँगै सडक छेउमा कोल्टे परेर अडिएको ट्रक हटाएपछि मात्रै गाडी सञ्चालन हुन सक्ने बताइएको छ । पहिरो पन्छाउने डोजर तैनाथ अवस्थामा रहे पनि ट्रक हटाउने क्रेन पुग्न बाँकी रहेकाले सडक खुल्न समय लाग्ने प्रहरीले जनाएको छ ।

दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीबारदेखि पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोरेका छन् । सडकमाथिको पहाड पूरै खस्ने जोखिम रहेकाले सो स्थानमा यात्रा गर्नु जोखिमपूर्ण बनेको छ ।