काठमाडौं । सरकारले खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम विनियोजन गरेको सार्वजनिक गर्नुभएको हो ।
यस्तै कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरिएको उहाँले बताउनुभयो ।











