६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गुरु र चेला किन चाहियो ?

गुरु र चेला किन चाहियो ?
अ+ अ-

गुरु ज्ञानको प्रतीक हो, जीवनको बाटो हो, प्रगतिको आधार हो, विज्ञानको आभा हो, संस्कारको जरो हो, परम्पराको सन्देशवाहक हो । कुल र मूललाई जोगाउन, शिक्षा र संस्कारलाई बचाउन, इतिहास र तत्वलाई बुझाउन, आत्मा र ईश्वर चिनाउन गुरु चाहिन्छ । राजादेखि रंकसम्म, दानवदेखि देवतासम्मले गुरु माने ।

देवताले वृहस्पतिलाई, राक्षसले शुक्राचार्यलाई, रामले विश्वामित्रलाई, जनकले याज्ञवल्क्यलाई, सुदामाले सान्दिपनिलाई गुरु बनाए । गुरु आज्ञाविना अघि बढ्दा दुर्योधन, बर्बरिक र एकलव्यको हालत हुन्छ । गुरु आगो हो, शिष्य सुन हो । अब्बल र अद्वितीय हुन मृत्युपर्यन्त गुरुको छायाँ र आशीर्वाद चाहिन्छ । गुरु नहुँदा ज्ञान ओइलिन्छ, संस्कार चाउरिन्छ, धर्म खुम्चिन्छ, परम्परा लर्खराउँछ, सीप सुक्छ, इतिहास हराउँछ, अनुभव अस्ताउँछ ।

वेद, विज्ञान, ब्रह्माण्ड सबै बुझ्छ । गुरु चाहिने हुँदा गुरु दिवशका रुपमा गुरुपूर्णिमा बनाइन्छ । गुरुपूर्णिमाकै दिनमा वेदव्यासको जन्मजयन्ति बनाएर अक्षर र आत्माको उपासना गर्न सिकाइन्छ । निर्जिवको गुरु प्राणी, प्राणीको गुरु प्रकृति, प्रकृतिको गुरु ईश्वर हो । गुरु परम्पराको लहरो परमात्मासम्म पुग्छ । गुरु सर्वव्यापक छन् उनीविना न त पृथ्वी एक इञ्च धुम्छिन्, न त प्राणीहरु एक कदमअगाडि बढ्न सक्दछन् ।

खान, लेख्न, हिँड्न, अक्षर चिन्न गुरुकै आवश्यकता पर्दछ । गुरु नहुँदो हो त, मानिस अझैँ पनि पशुझैँ चार खुट्टाले टेकेर, वानरझैँ रूखमा, बाघझैँ गुफामा, सर्पझैँ जमिनमा घिस्रिएर हिँड्ने थियो । चराचुरुङ्गीलाई उड्न सिकाउने, माछालाई पौडन सिकाउने, चारखुट्टे र दुई खुट्टलेलाई हिँड्न सिकाउने आ–आफ्नै गुरु हुन्छन् । त्यसकारण गुरूपरम्परा मानवलगायतका सम्पूर्ण प्राणीहरूमा आदिम कालदेखि थियो ।

प्राणीदेखि प्रकृतिसम्म, ब्रम्हा देखि ब्रम्हाण्डसम्म चलाउने गुरुलाई ईश्वर भनिन्छ । सीप, शिक्षा, संस्कार, सभ्याताको हस्तान्तरण तथा पुस्तान्तरण गुरुले गराउँछन् । परमात्माले बनाएको नियम, प्रकृतिले दिएको सूचना, समयको संकेत गुरुद्वारा बुझिन्छ । गड्यौलाको टुक्रिदै संख्या वृद्धि हुने, समुद्रमा सबै नदी र सागरको अटाउने, हरेक जीवात्माको वंशपरम्परालाई कायम राख्ने, जन्म र मृत्युलाई निरन्तरता दिने काम हाम्रो वशमा हुँदैन । त्यसैले ईश्वरलाई सबैका साझा गुरु मान्छौँ ।

श्रद्धावाँल्लभते ज्ञानं तत्परः संयतेन्द्रियः ।
ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति ।।
–गीता (४।३९)

अर्थात् “जसको हृदय श्रद्धावान् छ, इन्द्रियहरूलाई संयममा राखेको छ, उसले ज्ञान र परमशान्ति प्राप्त गर्दछ ।” यसका लागि पनि गुरुको आवश्यकता पर्छ । यवाज्जीवं त्रयो वन्द्या वेदान्तो गुरुरीश्वरः । आदौ विद्या प्रसिद्धय्र्थं कृतघ्नत्वापनुत्तये ।। “जवसम्म बाँच्दछौँ तबसम्म तीन गुरुलाई नछोड । वेदान्तको गुरु जसले मुक्ति दिलाउँछ, दोस्रो गुरु जसले शास्त्रको अध्यापन गराउँछ, तेस्रो गुरु ईश्वरले जसले चराचर जगत्लाई सञ्चालन गर्दछ ।” हरेक ज्ञान प्राप्त गर्न गुरु चाहिन्छ यसकारण गुरुको चरणमा ढोग्छन् । नेपाल लथालिङ्ग हुनमा गुरुको अभाव हो । पृथ्वीनारायाणलाई भुलेर विदेशीलाई राजनीतिक गुरु, वैदिक तन्त्र भुलेर विदेशी तन्त्रलाई आदर्श मान्त्र नेपाल सवाङ्गिण रुपमा रुग्ण बन्यो । गुरुसँग गुरुत्व हुन्छ, गुण हुन्छ, गुन हुन्छ । शासकले पुर्खालाई गुरु मान्ने कि विदेशीलाई, माटोलाई सोध्ने कि पश्चिमालाई, मुलुकलाई बुझ्ने कि छिमेकीलाई ? यी सबै पाठ गुरुपूर्णिमाले पढाउन सकोस् ।

गुरुले शिष्यहरूका आँखा खोलिदिएर, समाज र राष्ट्र चिनाइदिएर देशका सन्तान बनाइदिन्छन् । गुरु शब्दको उच्चारण वा दर्शनले शिष्यको शरीर रोमाञ्चले भरिन्छ, हृदयमा श्रद्धा उम्लन्छ र शिष्यहरू गुरुको दर्शनमा मग्न बन्छन् । द्वापरयुगसम्म संसारमा दुईथरिका मानिसहरूमात्र बस्थे, एउटा गुरु अर्को चेला । अनुशासनमा रही गुरुले चेलालाई शासन गर्दथे । ‘‘शिष्य’ शब्दको उत्पत्ति “शिष् अनुशिष्टौ” र “शाष् अनुसिष्टौ” धातुबाट भएको छ ।

अनुशासनमा रहनु वा अनुशासनको पालना गर्नु भन्ने अर्थमा शिष् धातुको उत्पत्ति भएको छ । “शासितुं योग्य शिष्यः” जो अनुशासित गुरुको छायाँमा रहेर गुरुको शासन र प्रशासनमा रमाउँछ त्यो नै शिष्य हो । हजारौँ शिष्यहरूबाट एउटा छात्र निस्कन्थ्यो । “गुरोर्दोषावरणम् छत्रमस्यास्तीति छात्रः” अर्थात्, गुरु पनि मानिस हो, दोषहरू हुन सक्छन् । ती सबै दोषलाई त्यागेर राम्रा गुण ज्ञान लिई छात्राछात्र बन्ने प्रयास गर्नुपर्छ ।

गुरुमाथि श्रद्धा र विश्वास गर्नेमा मात्र ज्ञान पलाउँछ, योगदान फलिभूत हुन्छ । प्रशिक्षण गराउने, परीक्षा लिने, परामर्शन दिने कार्य गुरुले गरिरहन्छन् । गुरु विश्वासको जग हो, आस्थाको केन्द्र हो, जसले शिष्यमाथि सधैँ सन्तानभाव राख्छन् ।

मन्त्रे तीर्थे द्विजे देवे दैवज्ञे भेषजे गुरौ ।
यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ।।

अर्थात् “मन्त्र, तीर्थ, देवता, ज्योतिष, औषधि र गुरुमा जसले जस्तो भावना राख्दछ त्यहीअनुसारको फल प्राप्त गर्दछ ।” गुरु पनि मानिस हो, पैसा तिरेपछि किन मान्ने ? किन पुज्ने ? किन सम्मान गर्ने भन्ने पाप बढ्दै गएको छ । गुरुको आशीर्वाद र ज्ञानले पाप, कुविचार, अज्ञान आदिलाई पखाल्छ । गुरुका चरणमा शिर राख्यो भने बुद्ध, अंशुवर्मा, महेन्द्र मल्ल, पृथ्वीनारायण शाह, अरनिकोजस्ता शिष्य बन्दछन् । जसको विद्या, ज्ञान, सीप प्राप्त गर्छ, उसकै चेला वा नादपुत्र हुन्छ । गुरु कस्तो हुन्छ भन्ने थाहा पाउन कुण्डलीमा बृहस्पतिको बसाई एवं नवम स्थानलाई हेरिन्छ । गुरुलाई सम्मान गर्दा वृहस्पति ग्रहले राम्रो फल दिन्छ, पितृ प्रसन्न हुन्छन्, सरस्वतीले आशीर्वाद दिन्छिन् ।

गुरुमा पूर्णरूपेण समर्पित हुनेलाई शिष्य भनिन्छ । परशुरामका शिष्य कर्ण थिए । भीष्मपितामह र आचार्य द्रोणचाहिँ परशुरामका छात्र थिए । द्रोणका छात्र अर्जुन थिए । प्राचीन समयमा विद्यार्थी हुँदैन्थे । “अर्थ प्रयोजनं अस्यास्तीति अर्थी” “विद्याया अर्थी विद्यार्थी ” अर्थात्, केही प्राप्त गर्ने स्वार्थीले क्षणिक समय गुरुको पछि लाग्ने अर्थी हो । अर्थी नै स्वार्थी वा विद्यार्थी हुन् । विद्यार्थीसँग स्वार्थ हुन्छ, स्वाभिमान हुँदैन । मास्टरका विद्यार्थी, सरका स्टुडेण्ड, गुरुका शिष्य हुन्छन् । गुरुले देखाएको बाटो हिँड्ने शिष्यले न हिजो वेरोजगार बस्नुप¥यो, न आज बाटो र माटोलाई भुलेको छ, न भोलि कर्तव्य विमुख हुन्छ । शिक्षा र सरस्वती कहिल्यै बन्ध्या हुँदिनन्, त्यसका लागि गुरुको अनुसरण र आशीर्वाद आवश्यक पर्छ ।

गुरुमुख्याः क्रियाः सर्वाः भुक्तिमुक्तिफलप्रदाः ।
तस्माद् सेव्यो गुरोर्नित्यं मोक्षार्थिभिःसमाहितैः ।।

अर्थात्, “सबैको भुक्ति–मुक्तिको फल दिने कार्य गुरुको हो । मोक्ष वा योग्यता चाहने शिष्यहरूले सधैँ गुरुको सेवा गरी विद्यार्जन गरोस् ।” गुरुले जन्तुलाई जनार्दन, विषालुलाई विष्णु, नशालुलाई नारायण, बुद्धुलाई बुद्ध, बरालिनेलाई ब्रह्मा, संस्कारबिहीनलाई शंकर बनाउने बाटो देखाउनुहुन्छ । बिडम्बना गुरुलाई नमस्कार गर्नु मानवअधिकारको हनन ठान्दा आज विद्यालय र विश्वविद्यालयले ९९ प्रतिशत विद्यार्थी उत्पादन गरेका छन् । भनेजस्तो नम्बर नदिए बाटो छेकेर कुट्ने, दुर्गममा सरुवा गराइदिने विद्यार्थीको कर्तव्यजस्तो भएको छ । प्रजातन्त्रको पुनस्र्थापनापछि शिक्षण संस्थामा पार्टीका उपासक, नेताका अनुयायी नियुक्त हुने क्रम बढ्न थाल्यो ।

शिक्षा र शिष्यलाई अमृतसमान बनाउन शिक्षकलाई दास बनाउन थाले । शिक्षकले बाटो भुल्दा विद्यार्थीले नेटो काट्छ, विद्यालय बेकुवहरुको अखडा बन्छ । वैदिक शिक्षापद्धतिमा विद्या+आलय (विद्याको घर) थियो अब विद्या+लय अर्थात् विद्याकै नाश हुने ठाउँ बन्न थाल्यो । विद्यालय नै राजनीति गर्ने अखडा बन्यो, विश्वविद्यालय ढु∙ा–मुडा चलाउने मैदान भयो । यही रूप लिँदै जाने हो भने विद्यार्थी शैतान, गुरुहरु भूत, शिक्षालय मशानघाट हुने दिन नआउला भन्न सकिँदैन । गुरुलाई मास्टर बनाउँदा न शिक्षा, न ज्ञान, न विज्ञानलाई नेपालका विद्यालयले जन्माउन सके । महावीर पुन जस्ता स्रष्टाहरु सडकमा बसेर अनसन गर्नुपर्ने दिन आयो । महेन्द्रले विद्वत्ता संरक्षण गर्न स्थापना गरेको प्रज्ञा प्रतिष्ठा पार्टीका भक्तहरुको भर्तीकेन्द्र बन्यो ।

नेपाल गुरुराष्ट्र हो । आर्यावर्तका गुरुकुलको जरो नेपाल हो । वेदव्यासको भूमिमा गुरु नपाइनु, मुन्धुमको जन्मस्थानमा शिक्षक नहुनु, त्रिपिटकको भूमिमा आचार्य नुहुनु हाम्रा लागि दुर्भाग्य हो । सगरमाथा अग्लिएर, पशुपतिले पाशुपतास्त्र दिएर, जनकपुरले जनकदर्शन दिएर, पहाडले शाक्ततन्त्र दिएर, लुम्बिनीले बौद्धदर्शन दिएर हामीलाई गुरु बन्ने सौभाग्य दिएको छ । गुरुलाई भेट्दा शिष्यहरूले आमा–बुबालाई भेटेजस्तो अभिभावकीय ममता पाउँथे । दुःख बिसाउने चौतारी, ज्ञान मिल्ने मन्दिरलाई गुरुको घर भनिन्छ । गुरुकहाँ जान, बस्न, बोल्न शंकोच मान्नुपर्दैनथ्यो ।

गुरुले चेला–चेली आउँदा छोरा–छोरी आएको अनुभूति गर्दथे । गुरुकुल र संस्कृतभाषाको अन्त्यसँगै मिसहरू छात्रको कोठामा पस्नलाई साथी चाहिन्छ । शिक्षकहरू छात्राको कक्षमा जाँदा चारित्रिक प्रश्न उठ्छ । यो कस्तो दयनीय, लज्जास्पद विषय अरु के हुन्छ ? सीताले बाल्मीकिको आश्रममा, हिरण्यकश्यपुकी श्रीमती नारदको आश्रममा कैयौँ वर्ष एक्लै बसे तर चरित्रको प्रश्न उठेन । शिक्षक र छात्रा, शिक्षिका र छात्रसँगै हिँड्दा, बोल्दा चारित्रिक प्रश्न आउनु, आर्थिक प्रलोभनमा परेर फेल भएकालाई पास गर्न मिल्नु, प्रश्नपत्र परीक्षा पहिले नै सार्वजनिक हुनुले गुरु र शिष्यको महिमालाई बगाउँछ, वैदिक शिक्षाको धज्जी उडाउँछ ।

स्वामी दयानन्द सरस्वतीलाई उनका चेलाले आर्थिक प्रलोभनमा परेर शिशा पिसेर खुवाए । शिशाको विष शरीरमा फैलिएर मरणासन्न अवस्थामा पुगेका दयानन्दले चेलालाई बाटो खर्च दिई भाग्ने आज्ञा दिनुभयो । दयानन्दले भन्नुभयो– “विषवृक्षोद्रपि स्वयं छेत्तुमसाम्प्रतम्” अर्थात् आफैँले रोपेको बिरुवा विषै भए पनि चाहन्न ज्यान जोगाउन भाग । महाभारको युद्धमा द्रोणाचार्यले आफ्ना शिष्य युधिष्ठिरकै वचनमा देहत्याग गरे ।

गुरुको हृदयको कोमलता र निष्पक्षताको मापन गर्ने एकाई संसारमा छैन । गुरुले सर्टिफिकेट होइन ज्ञान दिने हो, नम्बर दिने होइन अमर बनाउने हो, अक्षरमात्र चिनाउने होइन अजय गराउने हो । गुरु कुनै पनि हालतमा टिचर हुन सक्दैन् । टिचर भनेका राजनीतिकर्मीका चेला, तलबका दास, द्रव्यका उपासक हुन्छन् ।

गुरु शब्दले नै गुरुको महत्व र गरिमालाई बताइरहेको छ । ‘गु’को अर्थ अँध्यारो, ‘रु’को अर्थ उज्यालो अर्थात्, जसले अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी उज्यालोतर्फ डो¥याउँछ त्यो नै गुरु हो । गुरु कसैको दास बन्दैन । गुरुको ईशारामा शासक घुम्छन्, गुरुको आशीर्वादमा संस्कार फूल्छ, गुरुको छत्रछायाँमा विश्वविद्यालयहरू ओत लाग्छन् । शिक्षकबाट ज्ञानको सुबास, विज्ञानको उज्यालो फैलन्छ ।

शिक्षकको तागत कति हुन्छ, चाणक्यबाट सिक्न सकिन्छ । बहुदलबाट गणतन्त्रसम्म आइपुग्दा नेपालका गुरुहरूले शिर निहुराएर आँखा झुकाएर, मन दुःखाएर, हिँड्नुपर्ने अवस्था आइरहेको छ । उपकुलपतिको नियुक्त, शिक्षकको सरुवा गराउन नेता भेट्नुपर्छ । छात्र–छात्राले श्रद्धासहित दिएको वस्तुमा सन्तोष गर्दासम्म गुरु र छात्र–छात्रामा ओज थियो । तलबले शिक्षकलाई अपाङ्ग बनायो । शिक्षाले समाज, राष्ट्र, पुर्खा, परम्परा, सम्पन्नता र सम्पत्तिको सुुरक्षा गथ्र्यो ।

धर्मशाला, मठमन्दिर र व्यक्तिविशेषबाट शिक्षा र शिक्षक संरक्षित थिए । व्यापार र पश्चिमाको प्रवेशले आर्यावर्तको शिक्षा सकियो । पैसाको भूमरीमा हाम्फालेको शिक्षाले शिक्षण स्थलमा विद्यार्थीमात्र उत्पादन गरायो । परिश्रम बिना सफलताले मानवाधिकारको हनन हुन्छ । विद्यार्थी असल र परिश्रम भएमात्र शिष्यबाट छात्र हुन पुग्छ । अन्यथा छात्र नै शिष्य हुँदै विद्यार्थी बन्न पुग्छ । पश्चिमाको शिक्षण संस्थाहरूले विद्यार्थीमात्र उत्पादन गर्दछन् । उपाध्याय, आचार्य, गुरुले शिष्यमात्र जन्माउँछन् । राणाकालसम्म सीप र शिक्षालाई कदर गर्थे । जंगबहादुरले बेलायत भ्रमणपछि शिक्षामा जागरण ल्याउने प्रयास गरे । उनले ज्ञान दिन खोजेका थिए तर त्यो शिक्षाले अंग्रेजभाषा र पश्चिमातिर दौडिन विचारको विजारोपण गरिदियो ।

वि. सं. २०२८मा ल्याइएको नयाँशिक्षाले चेतनामा वृद्धि त गरायो तर चेत खुलाउने काम गरेन । संस्कृतका श्लोक कण्ठ गर्न वा मन्त्र रट्नुलाई अर्काथरीले शिक्षा ठाने । आधुनिक शिक्षाका नाममा जति लगानी गरे पनि माटो सुहाउँदो नभएकाले नेपालले आर्थिक, अन्ताराष्ट्रिय, आत्मगौरवमा फड्को मार्न सकेन । आफूदेखि ब्रह्माण्डसम्म, प्रविधिदेखि परमात्मासम्म, युवादेखि युगसम्म बुझ्ने र प्रयोग गर्ने कर्मलाई निरन्तरता दिन गुरु र चेला चाहिन्छ ।

गुरुब्रम्हा, गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परंब्रभतस्मै श्रीगुरवे नमः ।।

गुरु ब्रम्हा हो जसले विद्यार्थीहरूमा ज्ञान उत्पत्ति गराउँछ, गुरु विष्णु हो जसले ज्ञानलाई फूलाउँदै, फलाउँदै जीवन्त राख्छ । शिक्षकले डाक्टर, प्रोफेसर, उपकुलपति, विद्वान्, लेखक आदि जन्माउँछन् । विद्यार्थीमा आएको अभिमानलाई नाश गराउने हुँदा गुरुलाई महादेवका रुपमा लिइन्छ । गृह्णाति ब्रभतअभवं उपदिशति शिष्यान् इति गुरुः अर्थात्, ब्रéतŒव बुझेर शिष्यहरूलाई उपदेश दिनेलाई गुरु भनिन्छ । गुरु नै शिक्षक हो । शिक्षक शब्द तीन अक्षरले बनेको जहाँ ‘शि’ शिष्ट, ‘क्ष’ क्षमतावान्, ‘क’ कर्मठ हुन्छ । बुबाआमाको सम्पत्ति सन्तानले समानरूपमा नपाउन सक्छन् तर गुरुको ज्ञान विना भेदभाव सबै छात्राछात्रले पाउँछन् । यति दयालु, कृपालु गुरुलाई साक्षात् परमेश्वर मान्नु अनुचित हो र ? ईश्वरको आशीर्वाद प्राप्त गर्न समय लाग्छ । परिश्रमी, आज्ञाकारी, नैतिकवान् शिष्यहरूलाई गुरुको आशीर्वाद तुरुन्त मिल्छ । कवीरले भनेका छन्–

गुरु गोविन्द दोऊ खडे काके लागौँ पाय ।
बलिहारि गुरु आपनु गोविन्द दियो दिखाय ।।

कवीरको अगाडि एकैपटक भगवान र उनका गुरु रामानन्द उभिए छन् । कवीरलाई संकट परेछ, पहिले गुरुलाई नमस्कार गरौँ कि भगवान््लाई ? भगवान्सम्म पु¥याउने गुरु भएकाले गुरुको पाउमा लागेछन् । त्यो घटनाले भगवान्् र गुरु दुबै प्रसन्न हुनुभए छ । गुरुविना सीप, शिक्षा र जीवनको ज्ञान हुँदैन । अहिलेको शिक्षाले पूँजीपतिका सन्तानलाई संरक्षण दिँदा प्रतिभाको पलायन हुन पुग्यो । प्राचीन शिक्षा जनमुखी, सेवामुखी, जीवनमुखी भएकाले विद्या वन्द्या थिइनन्, अद्यपि संस्कृतशिक्षा पढेकाहरू रोजगार बस्नुपर्ने स्थिति आएको छैन । नेपाललाई नेपाल नै बनाउन छ भने गुरु भएको शिक्षा, अभिभावक भएको समाज चाहिन्छ जसका लागि वैदिकशिक्षा र संस्कृतिमा फर्कनुपर्छ । विदेशीको शिक्षा, पश्चिमाको सीप, युरोपको प्रविधि पनि आवश्यक पर्छ तर मौलिकता र माटोलाई बिर्सन हुँदैन ।

हामीलाई जुम्लाको स्याउ र ओखरको बजार व्यवस्थापन, पहाडका यार्चागुम्बा–पाँचऔलेको प्रयोग, नदी र तीर्थस्थलको सदुपयोग, खनिज र पौरस्त्य दर्शनको गरिमाबाट लाभ लिने विधि थाहा हुन आवश्यक छ । जबदेखि बुबा ड्याडी बने, आमा ममी बनिन्, गुरु सर बने तबदेखि परिवार पराई बने, समाज सामन्त भयो । आधुनिक शिक्षाले नातालाई भुलेको छ, कर्तव्य बिर्सिएको छ, मर्यादा भगं गरेको छ ।

एकमप्यक्षरं यस्तु गुरुः शिष्ये निवेदयेत् ।
पृथिव्यां नास्ति तद्द्रव्यं यद्दअभवाभनृणो भवेत् ।।

अर्थात्, “गुरुले आशीर्वचनस्वरूप एक अक्षरमात्र पढाएको छ भने, गुरुदक्षिणास्वरूप पृथ्वी नै उठाएर चरणकमलमा अर्पण गरे पनि गुरुको ऋणबाट मुक्त हुन सक्दैन ।” शिक्षित बनेपछि समाज र राष्ट्रले फाइदा लिनुपर्छ । यो परम्परा भुलेर साक्षारबाटै आफ्नो कला, भाषा, इतिहास, संस्कृति मेटाउन लगाउने क्रम बढ्दोछ । यस्तो वितण्डा मच्चाउने हो भने दशकौँ लगाएर किन पढ्ने ? किन राष्ट्रले अरबौँको खर्च गर्ने ? नेपालमा नेपाली शिक्षा चाहिन्छ । पढे लेखेका योग्य छात्र–छात्रा विदेश जानुपर्ने, भष्टचारबाट जीवन जिउनुपर्र्ने, छिमेकीको सीमाना मिचेरै शान देखाउनुपर्ने, आफ्नो धर्म, संस्कृति, परम्परा छोडेर विदेशीको अनुयायी हुनुपर्ने हो भने शिक्षाको अर्थ के ? हामी छात्र–छात्रा बनाउने शिक्षा चाहन्छौँ, नेपाल बनाउने शिष्य चाहन्छौँ, स्वाभिमाने सिकाउन गुरु चाहन्छौँ । आज असल चेला भएर भोलि असल गुरु बन्ने शिक्षा चाहन्छौँ ।

इतिहास र ईश्वर, माटो र माता, नेपाल र नेपालीलाई चेला चाहिन्छ । असल गुरु र सभ्य चेला आवश्यक पर्छ । पहिलो पुस्ता र भावी पुस्तालाई जोड्न गुरु चाहिन्छ । शिक्षा, सीप, कला, इतिहास आदिको संरक्षण र संवद्र्धन गर्न, गुरुलाई शिष्यले जीवित गराउन, विद्याको तन्तुलाई सुरक्षा गर्न शिष्य चाहिन्छ । परमात्मा र प्रकृतिको अन्तरङ्गसम्बन्धजस्तै सृष्टि रहेसम्म गुरु र चेला परिपूरकका रुपमा रहन्छन् ।