काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने ब्यवस्था मिलाउने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख सम्म ऋण पाउने जानकारी गराउनु भएको हो ।
यस्तो ऋणको ब्याज अधिकतम ५ प्रतिशत रहने पनि उहाँले जानकारी दिनुभयो ।











