४ श्रावण २०८३, सोमबार
,
Latest
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवासको जग्‍गामा तारबार लगाउँदै काठमाडौं महानगर



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाले तारबार लगाउने भएको छ।

आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको जम्बो टोली बालुवाटार पुगिसकेका छन् ।

ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले उक्त कदम चालेको नगरप्रहरी प्रमुख पाण्डेले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो। अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।

महागर प्रहरीका अनुसार अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने छ । लिलिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा विशेष अदालतमा १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको छ ।