२३ असार २०८३, मंगलवार
,
Latest
लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आव २०७८/७९ बजेटका मुख्य हाइलाइट्स



अ+ अ-

अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले प्रस्तुत गर्नु भएकाे आव २०७८/७९ बजेटका मुख्य हाइलाइट्स

–    ज्येष्ठ नागरिकको भत्ता ३३ प्रतिशत वृद्धि गरी मासिक चार हजार
–    महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि
–    कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड
–    कोरोनाको औषधि आयातमा छुट दिइने
–    कोभिड उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि ४ अर्ब विनियोजन
–    सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन
–    सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा
–    निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
–    विदेशी पर्यटकलाई एक महिनाको फ्री  भिसा
–    योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन
–    मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट
–    औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट
–    पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने
–    शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण
–    खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट
–    काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा
–    स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब
–    कृषि तथा पशुपन्छी मन्त्रालयको बजेट ३ अर्ब ६९ करोडले वृद्धि
–    सबै प्रदेशमा भूमि बैंक, उपयोग नभएका जमिनलाई लिजमा दिइने
–    पर्यटनको बजेट १ अर्ब ३५ करोडले बढ्यो, काठमाडौं आसपास हाइकिङ ट्रेल
–    औद्योगिक क्षेत्रभित्र उद्योग खोल्नेलाई सहुलियत
–    सुनकोसी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब बजेट, भेरी बबईलाई ३ अर्ब
–    पुनर्कर्जाका लागि १३ अर्ब विनियोजन
–    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट
–    शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

–    बालविकास सहयोगी कार्यकर्ताको तलब १५ हजार पुग्यो
–    पशुपतिनाथ मन्दिरलाई ३५ करोड बजेट
–    खानेपानी तथा सरसफाइलाई ४३ अर्ब ५४ करोड, मेलम्चीमा अर्को परियोजना थपिने
–    युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट
–    मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने
–    साउनदेखि ४० माइक्रोनसम्मका प्लाष्टिकको झोलामा प्रतिबन्ध
–    हुलाकी राजमार्गको बजेट ६ अर्ब ३९ करोड
–    रेलमार्गका लागि १० अर्ब ३ करोड व्यवस्था