६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गृहको कमाण्ड– कनिष्ठलाई काखा आइजीलाई पाखा

गृहको कमाण्ड– कनिष्ठलाई काखा आइजीलाई पाखा
अ+ अ-

काठमाडाैं । वैशाख २७  गते कांग्रेस नेता बालकृष्ण खाँड पक्राउ परेको समाचार सनसनीपूर्ण रुपमा मिडियामा आयो । उनलाई पक्राउ गरेको केही मिनेटमै काठमाडौँ उपत्यका प्रहरीले त्यो समाचारलाई भाइरल बनाएको थियो । खाँड मात्र पक्राउ परेनन् त्यो समाचारसँगै कांग्रेसका अरु पनि नेता पक्राउ पर्न सक्ने भनी मिडियामा आयो ।

तर उनी पक्राउ परेको समाचार आफूलाई थाहा नभएको कुरा प्रधानमन्त्री प्रचण्डले भने थाहा नपाएको बताए । सायद गृहमन्त्रीले उनीसँग सल्लाह गरेका थिए कि थिएनन्, मानिस अन्योलमा परे । किनभने निवर्तमान गृहमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य पक्राउ गर्ने विषयमा गृहमन्त्रीले प्रधानमन्त्रीसँग सल्लाह गरे गरेनन् जनताले थाहा पाएनन् ।

तर अर्काे रहस्यमय कुरा त के छ भने त्यो समाचार प्रहरी महानिरीक्षक वशन्त कुँवरले नै त्यो समाचार थाहा पाएनन् । अनुसन्धानको दायरामा परेका व्यक्तिलाई पक्राउ गर्ने अधिकार प्रहरीलाई त छ नै । तर यसरी पक्राउ पुर्जी नै जारी नगरी र प्रहरी महानिरीक्षकसँग पनि कुनै सल्लाह नगरी र थाहा समेत नदिई खाँडलाई पक्राउ गर्नुको कारण भने प्रहरी संगठनले पनि पछि मात्र थाहा पायो ।

त्यो कारण काठमाडौँ उपत्यका प्रहरी प्रमुख श्याम ज्ञवालीलाई गृहमन्त्रीले बढी लिफ्ट दिइरहेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो दाहिने हातका रुपमा प्रहरी महानिरीक्षकलाई नभएर ज्ञवालीलाई लिएका छन् । उनले कुनै काम गर्नुपर्दा पनि महानिरीक्षकलाई थाहा दिँदैनन्, कुनै सल्लाह गर्दैनन् अनि ज्ञवालीलाई अघि लाएर हिंड्छन् ।

यही असार ११ गते काठमाडौँबाट प्रकाशित हुने एउटा दैनिक पत्रिकामा त्यस्तै अर्काे एक सनसनीपूर्ण समाचार प्रकाशित भयो । जसमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेतृ डा आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्न गृहमन्त्रीले आदेश दिएको लेखिएको छ । समाचारमा यी दुबैलाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिएको र प्रहरीले आनाकानी गरेको दाबी पनि गरिएको छ ।

यो समाचारलाई नियतबस नै प्रचार गरियो । समाचारमा कुनै स्रोत छैन, समाचार भरपर्दाे र विश्वासिलो पनि छैन तर प्रचार भने व्यापक गरिएको देखिन्छ । तर त्यो समाचारको मक्सद धेरै टिकेन । किनभने समाचारको सत्यता र तथ्यभन्दा पनि यसलाई नेपाली कांग्रेसिवरुद्धको ‘प्रोपोगाण्डा’ भनेर कांग्रेसले लियो भने समाचार प्रकाशनको केही घन्टामै गृह मन्त्रालयले नै विज्ञप्ति प्रकाशन गरेर खण्डन गरियो । समाचार केही घण्टामै सामाजिक सञ्जालमा ‘भाइरल’ बन्दै थियो र नेपाली कांग्रेस र नेताद्वय सिटौला तथा राणालाई सामाजिक सञ्जालमा तथानाम भनिएको थियो । उता गृहले भने समाचारको सत्यता नरहेको विज्ञप्ति प्रकाशन गर्दै थियो ।

गलत सूचनाको प्रवाह थेग्न नसकेपछि समाचारको करिब ४८ घण्टापछि समाचारको मुख्य स्रोत मानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले नै एउटा विज्ञप्ति निकाल्दै समाचारको सत्यता पुष्टिका लागि चुनौती दियो । तर, समाचारमा उल्लेख भएअनुसार समाचार प्रकाशित हुनु अघिल्लो शुक्रबार कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र गृहमन्त्री श्रेष्ठबीच भेट भयो कि भएन भनेर उल्लेख गरिएन । त्यसको भोलिपल्टै गृहमन्त्री चीन जान लागेकाले उनीहरुबीच भेट भएको प्रहरीको सूचना छ ।

ज्ञवालीले नेताहरुका बिरुद्धमा मात्र नभएर आफू महानिरीक्षक हुन नपाएपछि आफ्ना प्रतिस्पर्धी कुँवरका विरुद्धमा पनि यस्तै अफवाह फैलाउने गरेको प्रहरी स्रोत बताउँछ । यसअघि पनि एउटा स्थापित अनलाइनले प्रहरी महानिरीक्षक वषन्तबहादुर कुँवर लक्षित एउटा समाचार प्रकाशित गरेको थियो । जसमा महानिरीक्षक कुँवरले राजनीतिक दवाबमा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नगरेको र आरोपी जोगाएको आरोप लगाइएको थियो ।

यस्तै उनीमाथि घटनाका मुख्य आरोपी एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई भगाएको आरोप लगाउँदै समेत समाचार प्रकाशित भए । तर, अनुसन्धान गरिरहेका निकायले भन्दा अघि रायमाझीलाई महानिरीक्षक कुँवरको निर्देशनमा खटिएको विशेष टोलीले पक्राउ गर्यो । यसले उनले भगाएको आरोप मिथ्या मात्र होइन प्रोपोगाण्डा भएको पुष्टि भएको थियो । त्यस समय पनि सो समाचार महानिरीक्षकका विरुद्धमा ज्ञवालीबाट आएको भन्दै प्रहरीकै वरिष्ठ अधिकारीहरु उनीप्रति रुष्ट भएका थिए ।

भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु राणा जबरजस्ती मुछिँदै आएकी छिन् । उनलाई पैसा दिइएको भन्ने अडियो सार्वजनिक पनि गरियो । तर उनले आफ्नो बारेमा आएको अडियोको वास्तविकता के हो ? कसले, के कति उदेश्यका लागि अडियो रेकर्ड गराएको हो ? यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न प्रहरीमै उजुरी दिएकी छिन् । उजुरी दिएको दुई महिना भन्दा बढी भयो तर प्रहरीले त्यसको जवाफ अहिलेसम्म दिएको छैन । जबकी बयानमा संलग्नले भने आफूहरुले आरजुलाई नभेटेको र नचिनेको बताएको समाचार यसअघि नै सार्वजनिक भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान चलिरहेको छ । अनुसन्धान गरिरहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरले घटनामा दोषी देखिएका र आशंकितहरुलाई पक्राउ गरिरहेको पनि छ । यी दुबै निकायका प्रमुखहरुले घटना अनुसन्धानमा सबुत प्रमाणलाई मुख्य आधार मानिरहेका छन् । यसकै आधारमा पक्राउगर्ने क्रम जारी पनि छ । तर वास्तविकतामा नपुगेर उपत्यका प्रहरी प्रमुख ज्ञवालीले भने एकपछि अर्काे गरी मिडियामा बिकाउ हुने खालका प्रोपोगान्डाका सूचनाहरु मिडियालाई दिइरहेको स्वयं प्रहरी संगठनकै अधिकारीहरु बताउँछन् ।

अहिले प्रहरीमा असन्तुष्टि बढ्दो छ । महानिरीक्षकसँग ज्ञवालीले समन्वय नगर्दा प्रहरीका वरिष्ट अधिकारीहरु पनि असन्तुष्ट छन् । उता उपत्यकाका प्रहरी प्रमुख ज्ञवालीले कामभन्दा पनि बढी प्रोपोगाण्डा मच्चाएकाले त्यहीँ काम गर्ने अधिकारी पनि उनीप्रति खसुी छैनन् । जुन सूचना घटना भइसकेपछि दिनुपर्छ त्यस्तो संवेदनशील सूचना पनि पहिला उनी मिडियालाई दिने गर्दछन् । यस्तो अवस्थाका उनलाई गृहमन्त्रीले साथमा लिएर र महानिरीक्षकलाई बाइपास गरिरहेकाले प्रहरीमा असन्तुष्टि चुलिँदो छ । त्यसैले प्रहरीभित्र गृहमन्त्रीलाई लक्षित गरेर यो नारा नै बनाइएको छ– गृहको कमाण्ड, आइजीलाई पाखा कनिष्ठलाई काखा ।