काठमाडौं । सरकारले आगामी आर्थिक २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । सिहदरबारमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दे चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन गरेको जानकारी गराउनु भयो ।

यसै गरी बजेटमा वित्तीय हस्तातरणतर्फ ३ खर्ब ८६ अर्ब अर्थात २३.५ प्रतिशत रहेको जानकारी अर्थमन्त्री पौडेलले गराउनु भयो । बजेटमा निर्धारण गरिएका क्षेत्रको स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य ऋणबाट ३ खर्ब ९ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको पनि उहाँले जानकारी दिनुभयो ।











