१ आश्विन २०८३, बिहीबार
,
Latest
करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक



अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । सिहदरबारमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दे चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन गरेको जानकारी गराउनु भयो ।

यसै गरी  बजेटमा वित्तीय हस्तातरणतर्फ ३ खर्ब ८६ अर्ब अर्थात २३.५ प्रतिशत रहेको जानकारी अर्थमन्त्री पौडेलले गराउनु भयो । बजेटमा निर्धारण गरिएका क्षेत्रको स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य ऋणबाट ३ खर्ब ९ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको पनि उहाँले जानकारी दिनुभयो ।