२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन



photo: reuters
अ+ अ-

एजेन्सी । भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान हुन नसकेको र चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले शुक्रबार बताएका छन् ।

पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा करिब ३०० जनाको मृत्यु भएको थियो ।

अधिकांश मृत शरीरहरू पहिचान गर्न नसकिने गरी क्षतिग्रस्त भएका थिए र उनीहरूको डीएनए नमूनाहरू पहिचानको लागि पठाइएको थियो । कुल ८१ शवमध्ये २९ वटाको मात्र डिएनए नमूना मिलान गर्न सकिएको छ ।

उडिसाराज्यको राजधानी भुवनेश्वरको एक अस्पतालमा करिब २८ दिनदेखि शव राखिएको छ ।

भुवनेश्वर महानगरपालिकाका मेयर सुलोचना दासले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “धेरै दावेदारहरू थिए त्यसैले शव दिन सकिएन । उनले थपिन्, “नमूना दिल्ली पठाइएको थियो र २९ जनाको मात्र नमूना पुष्टि भएको छ ।

“पाँच परिवार शव लिन आएका छन् तर नमूना पुष्टि हुन सकेको छैन,”’ उनको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

“सरकारी आदेशअनुसार निर्वाध रहेका शबलाई मात्र दाहसंस्कार गर्नुपर्ने र तिनीहलाई सकेसम्म आफ्नो पैतृक क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने हुन्छ,” नगर प्रमुख दासले भनिन् ।

उनले भनिन्, “दाबी नगरिएका शवको पनि अन्त्येष्टि गरिनेछ । त्यसका लागि हामीले दुईवटा शवदाह गृह तयार पारेका छौं,” उनले भनिन् ।