२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटाले अर्को कलाकारलाई सम्मान गर्ने परम्परा बनाऔँ: मदनकृष्ण श्रेष्ठ



अ+ अ-

काठमाडौँ । व्यंग्यकवि शैलेन्द्र सिम्खडाले सरकारबाट पाउने सम्मान भन्दा एउटा कलाकारले अर्को कलकारलाई दिएको सम्मान आफ्नो लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा अभिनेता किरण केसीले आफ्नो जन्मदिनको अवसरमा दिएको सम्मान ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको फारम भरेर, फोटो टाँसेर पाएको सम्मान भन्दा आत्मीय सम्मान ठूलो कुरा भएको बताउनु भयो । उहाँले बाहिर बसेका मानिसलाई व्यंग्य गरेर कुनै फाइदा नभएको बताउनु भयो ।

आफ्नो जन्मदिनको अवसरमा बोल्दै अभिनेता किरण केसीले आफूले आफ्नो विधाका मानिसलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनु भयो । यो अभियान आफूले १४ वर्ष पहिलाबाट नै शुरु गरेको भन्दै आफ्ना क्षेत्रका कलाकारहरुलाई सम्मान गरेको जसमा दुई हास्य कलाकार र दुई कलाकारितामा दुई पत्रकारलाई सम्मान गर्ने गरेको बताउनु भयो ।


कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले जन्मदिनमा एकले अर्को कलाकारलाई सम्मान गर्ने कुराले जन्मदिन नेपाली कलाकारका लागि चाडको रुपमा परिवर्तन हुँदै गएकोले सबैले अनुशरण गर्नुपर्ने बताउनु भयो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने कुरा परम्पराका रुपमा विकास हुनुपर्ने बताउनु भयो ।

अभिनेता केसीले आफ्नो जन्मदिनको अवसरमा व्यंग्यकवि शैलेन्द्र सिम्खडा र हास्य कलाकार शिवहरि बैरागी नेपाललाई सम्मान गर्नुभयो ।