२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीलाई हराउँदै चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको उपाधि चेल्सीले जितेको छ । चिरप्रतिद्वन्द्धी क्लब म्यान्चेस्टर सिटीलाई १-० गोलले हराउँदै चेल्सीले उपाधिमाथी कब्जा गरेको हो । 

पोर्चुगलको ड्रागो मैदानमा भएको खेलमा चेल्सीका लागि एकमात्र निर्णायक गोल खेलको ४२ औं मिनेटमा काई हाभेट्र्जले गरे । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा सिटीले केही गोल गर्ने अवसरहरु गुमाउन पुगेको थियो ।

म्यान्चेस्टर सिटीले पहिलोपटक उपाधि जित्नबाट बन्चित भएको छ भने चेल्सीले दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । 

यसअघि चेल्सी २०१२ मा च्याम्पियन बनेको थियो । फ्रांक लाम्पार्डलाई बर्खास्त गरेपछि टिम सम्हाल्न आएका थोमस टुकेलले चेल्सीलाई उपाधि जिताएका हुन् भने आफ्नो करिअरमा प्रशिक्षकबाट पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जिते ।