२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश चुडालको इजलासमा



अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएर पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ ।

आरोपितहरू मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले उमेर र बिरामीका कारण थुनामुक्त गरेर अनुसन्धान गरिपाऊँ भन्दै बुधबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

उनीहरु आरोपित बन्दी प्रत्यक्षीकरण रिट लिएर सर्वोच्च पुगेका थिए । आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै उनीहरुले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएको प्रकरणमा उनीहरूलाई मंगलबार पक्राउ गरेको थियो ।

त्यसपछि उनीहरूलाई बुधबार काठमाडौँ जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गर्न अनुमति भएको थियो । काठमाडौँ जिल्ला अदालतबाट १० दिनको म्याद थप भए लगत्तै उनीहरू बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

राज्यका कुनै पनि निकायले व्यक्तिलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखेमा कानुनी उपचारका लागि बन्दी प्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत जान सकिन्छ । त्यही अधिकारको उपयोग गर्दै उनीहरू तीन जना विनाशर्त रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।

सीआईबीले सरकारी कागजात किर्तेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गर्न लागेको थियो । तर सरकारी कागजात किर्तेमा अनुसन्धानका लागि हदम्याद सकिएको जिकिर उनीहरुको छ ।

ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएकामध्ये १७ जनाले पन्ध्र महिना पहिले नै सर्वोच्च अदालतबाट पक्राउ नगर्नका लागि स्टे अर्डर लिएर बसेका थिए । पक्राउ परेकामध्ये स्टे अर्डर लिएका तीन जना पक्राउ परेकै दिन छुटेका थिए । त्यही बाटो मीनबहादुर गुरुङ लगायतले पनि समातेका हुन् ।