२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गरिँदै



अ+ अ-

धनगढी । कोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दापनि अवस्था सामान्य नहुँदा  कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको छ । 

तत्कालीन अवस्थामा बढ्दो कोरोना सङ्कमणका कारण भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण पालिकाभरका विद्यालयमा चालू शैक्षिकसत्रको कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको हो । 

शिक्षा समिति संयोजकसमेत रहनुभएका नगरप्रमुख ममताप्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ मसान्तभित्र एकसाथ आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेशराज रेग्मीले जानकारी दिनुभयो ।

पाठ्यक्रमले तोकेअनुसार निरन्तर विद्यार्थीको मूल्याङ्कन आवधिक परीक्षा, त्रैमासिक, अर्धवार्षिक परीक्षामा विद्यार्थीले प्राप्त गरेको औसत अङ्कका आधारमा नतिजा तयार पार्ने र प्रकाशन व्यवस्थापन गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको रेग्मीले बताउनुभयो । रासस