• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

यमनका हुथी विद्रोहीद्वारा साउदी हवाई अखडामा ड्रोन आक्रमण



साना । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको दक्षिणी सीमावर्ती क्षेत्रको किङ खालिद एयर बेस (हवाई अखडा) मा आइतबार बिहानै बम जडित ड्रोन मार्फत आक्रमण गरेको छ । 

यमनसँग सीमा जोडिएको साउदी अरेबियाको सीमावर्ती खामिस मुशाएट शहरमा रहेको हवाई अखडामा बम आक्रमण गरिएको हुथी विद्रोहीले जनाएका छन् । हुथी समूहका सैनिक प्रवक्ता येहेया सारिएले हुथीद्वारा सञ्चालित अल–मासिरहा टिभीसँग कुरा गर्दै आफूहरुले प्रहार गरेको ड्रोनले साउदी हवाई अखडामा सही निशाना लगाएको दाबी गर्नुभयो ।

यसैबीच, साउदी अरेबियाको गठबन्धनले खामिस मुशाएटलाई लक्षित गरी हुथी समूहले प्रहार गरेको ड्रोन बमलाई निस्कृय पारिएको बताएको छ । अल अरेबिया टिभीका अनुसार हुथी विद्रोहीले झण्डै २४ घण्टाको अवधिमा गरेका दुई यस्तै हमलालाई साउदी सेनाले बिफल पारिदिएको छ । 

गत फेब्रुअरीदेखि इरान समर्थित हुथी समूहले सीमा वारपार क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तिब्र बनाएका छन् । तेल खानी रहेको मध्य यमनको मारिब प्रान्तलाई नियन्त्रणमा लिन साउदी समर्थित यमनी सरकारको सेनाले कारबाही थालेयता हुथी विद्रोहीले पनि आक्रामक कारबाही शुरु गरेका छन् ।

हालैमात्र संयुक्त राष्ट्रसंघको अग्रसरतामा यमनका परस्पर विद्रोही समूहहरुबीचको वार्ता पनि विना निष्कर्ष समाप्त भएपछि थप अन्यौल बढेको छ । यमनमा सन् २०१४ देखि नै गृहयुद्ध जारी छ । हुथी विद्रोहीहरुले देशका धेरैवटा उत्तरी प्रान्तहरुलाई नियन्त्रणमा लिनुका साथै राजधानी सानाबाट अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारलाई बिस्थापित गरेको छ । राष्ट्रपति अब्द–राब्बु मन्सुर हादी हाल राजधानी सानालाई छाडेर अन्यत्रबाट शासन चलाइरहनु भएको छ ।

साउदी अरेबियाको अग्रसरतामा बनेको इरान बाहेकका अरब देशहरुको गठबन्धनले हादीको सरकारलाई समर्थन जनाउँदै सन् २०१५ को मार्चदेखि यमन द्वन्द्वमा हस्तक्षेप गर्न थालेको छ ।  (रासस–सिन्ह्वा)