काठमाडौं । शिक्षा मन्त्रालयसँग राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई वैकल्पिक विधिबाट गर्न अनुमति मागेको छ।
कोरोनाभाइरस संक्रमण कम नभएकोले अहिलेकै अवस्थामा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर परीक्षा लिन असम्भव देखिएकोले वैकल्पिक विधिबाट एसईई गर्नुपर्ने भन्दै यसबारे बोर्डले सक्रियता देखाएको हो ।
बोर्डले वैकल्पिक विधिबाट एसईई गर्न अनुमति माग गरिसकिएको र यसबारे निर्णय गर्न शनिबार बोर्ड बैठकसमेत बसेको थियो ।
शिक्षा मन्त्रालयले एसईईबारे कसरी गर्ने भन्ने निर्णय दिएपछि त्यसअनुसार अगाडि बढ्ने बोर्डको तयारी छ ।
गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने गरी स्थगित गरिएको थियो ।











