• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै

एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा वृक्षरोपण गर्नुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको कार्यक्रममा उहाँले बरको बिरुवा रोप्नुभएको हो । अध्यक्ष ओलीले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्दै वृक्ष र माववबीच अन्योन्याश्रिक सम्बन्ध रहेको बताउनुभयो ।

एमालेले आज देशभरि भण्डारीको ७२औँ जन्मजयन्ती मनाउँदै छ । दिउँसो राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम हुँदैछ । विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका भण्डारीको जन्म भएको हो । एमालेले साताव्यापी रुपमा भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । उहाँको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो । रासस