६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रचण्ड सरकारले प्राप्त गरेको डिस्टिङ्सन र गुमाउँदै गएको विश्वास

प्रचण्ड सरकारले प्राप्त गरेको डिस्टिङ्सन र गुमाउँदै गएको विश्वास
तस्बिर : रासस
अ+ अ-

काठमाडौँ । बिहीबार प्रतिनिधिसभाको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गर्यो । बजेटका पक्षमा १४७ र विपक्षमा १०८ मत पर्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार बहुमतले बजेट पास गर्न सफल भए । प्रतिपक्षी दल पनि बजेट संशोधन गर्न असफल भए पनि अर्को रुपमा भने सफल भएका छन् ।

प्रधानमन्त्री दाहालले ६ महिने कार्यकालमा आफूले छ महिने कार्यकालमा डिस्टिङ्सन पाएको दाबी गरेपनि प्रतिपक्षी दल एमाले सरकारप्रतिको विश्वास कसरी घटिरहेको छ भन्ने देखाउन सफल भएको छ ।

सरकारप्रति विश्वासको मत कसरी कमजोर भइरहेको छ भन्ने देखाउनकै लागि एमालेले बजेट पारितको प्रक्रियालाई मतबिभाजनमा पुर्यायो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा ध्वनी मतले पारित भइसकेको आगामी आर्थिक वर्षको बजेट मतबिभाजनमा लैजानुको अर्को उद्देश्य थिएन् । किनभने नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृृत समाजवादी र जसपाले बेटको पक्षमा उभिन ह्विप जारी गरिसकेको अवस्थामा बजेट फेल हुने सम्भावना थिएन ।

यस हिसाबले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकारलाई प्राप्त विश्वासको मत ६ महिने कार्यकालमा कसरी घट्दै गएको देखाउन भन्ने देखाउन सफल भएको छ ।

हाल  प्रतिपक्षीको भूमिकामा रहेका दलहरुकै समर्थनमा गत पुस २६ मा २७८ मत प्राप्त गरेको प्रधानमन्त्री दाहालको सरकारले गत चैत ६ गते १७२ मत मात्रै प्राप्त गरेको थियो । अहिले त्यो घटेर १४७ मा सीमित भएको छ । अर्थात् छ महिनामा काममा डिस्टिङ्सन पाएको सरकारले सोही अवधिमा १२१ मत गुमाएको देखिन्छ ।

बजेट पारित भएपछि प्रतिनिधिसभाबाट बाहिरिँदै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि संसदको विश्वास घटेको बताउनुभयो । प्रतिनिधिसभाले पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि प्रतिक्रिया व्यक्त गर्दै उहाँले ओलीले ९९ प्रतिशत समर्थन प्राप्त गरेको सरकारको समर्थन अहिले घटेर ५३ प्रतिशतमा सीमित भएको बताउनुभयो

प्रधानमन्त्रीको सक्रियता

बजेट पास गर्नका लागि प्रधानमन्त्री अन्तिम घडीमा जनता समाजवादी पार्टी (जसपा)को कार्यालयमै पुगेर आश्वासन दिलाउनुपर्ने अवस्था आयो । बजेटप्रति रुष्ट बनेको नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्रीको आश्वासनमै चित्त बुझायो भने जसपालाई मनाउन आश्वासन लिएर प्रधानमन्त्री जसपाको बैठकमै जानुपर्ने अवस्था आयो । १२ जना सांसद रहेको जसपा बजेटको विपक्ष उभिएको भए बजेट पारित हुने अवस्था थिएन । बजेट फेल भएको भए सरकार परिवर्तनको हल्लामा अवश्य पनि थप बल पुग्ने थियो ।

बजेट पारित  भएसँगै सरकारको परिवर्तनको हल्ला पनि केही समयका लागि पछाडि धकेलिएको छ । बजेट संशोधनको चर्को माग राख्दै आफ्नै सरकारविरुद्धमा लागेका सांसदहरुले अन्तिम समयमा मन फेरेपछि सरकार परिवर्तनको चर्चा केही समयका लागि मत्थर भएको हो ।

बजेट सार्वजनिक भएदेखि नै बजेट बाँडफाँटप्रति रुष्ट बनेका सत्तासाझेदार दलका सांसदहरु अन्तिम घडीमा बजेटका पक्षमा मतदान गर्न कसरी राजी भए त ? त्यसका पछाडि सरकार परिवर्तनको हल्ला प्रमुख कारक मान्नेहरु धेरै छन् । नेकपा (एकीकृत समाजवादी)का सांसदहरु बजेटप्रति सबैभन्दा असन्तुष्ट बनेका थिए । उनीहरु माग सम्बोधन नभए विपक्षमा उभिने यसअघि नै स्पष्ट पारिसकेका थिए ।

सत्तारुढ दल र सांसदहरु बजेट फेल भए सरकार परिवर्तन हुन्छ भन्ने मानसिकता र त्यसमाथि कांग्रेस र एमालेका कतिपय नेताहरुले दिएका अभिव्यक्तिले सत्तासाझेदार दलका सांसदको मनमा चिसो भने पक्कै पसेको थियो ।