• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

प्रचण्ड सरकारले प्राप्त गरेको डिस्टिङ्सन र गुमाउँदै गएको विश्वास



तस्बिर : रासस

काठमाडौँ । बिहीबार प्रतिनिधिसभाको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गर्यो । बजेटका पक्षमा १४७ र विपक्षमा १०८ मत पर्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार बहुमतले बजेट पास गर्न सफल भए । प्रतिपक्षी दल पनि बजेट संशोधन गर्न असफल भए पनि अर्को रुपमा भने सफल भएका छन् ।

प्रधानमन्त्री दाहालले ६ महिने कार्यकालमा आफूले छ महिने कार्यकालमा डिस्टिङ्सन पाएको दाबी गरेपनि प्रतिपक्षी दल एमाले सरकारप्रतिको विश्वास कसरी घटिरहेको छ भन्ने देखाउन सफल भएको छ ।

सरकारप्रति विश्वासको मत कसरी कमजोर भइरहेको छ भन्ने देखाउनकै लागि एमालेले बजेट पारितको प्रक्रियालाई मतबिभाजनमा पुर्यायो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा ध्वनी मतले पारित भइसकेको आगामी आर्थिक वर्षको बजेट मतबिभाजनमा लैजानुको अर्को उद्देश्य थिएन् । किनभने नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृृत समाजवादी र जसपाले बेटको पक्षमा उभिन ह्विप जारी गरिसकेको अवस्थामा बजेट फेल हुने सम्भावना थिएन ।

यस हिसाबले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकारलाई प्राप्त विश्वासको मत ६ महिने कार्यकालमा कसरी घट्दै गएको देखाउन भन्ने देखाउन सफल भएको छ ।

हाल  प्रतिपक्षीको भूमिकामा रहेका दलहरुकै समर्थनमा गत पुस २६ मा २७८ मत प्राप्त गरेको प्रधानमन्त्री दाहालको सरकारले गत चैत ६ गते १७२ मत मात्रै प्राप्त गरेको थियो । अहिले त्यो घटेर १४७ मा सीमित भएको छ । अर्थात् छ महिनामा काममा डिस्टिङ्सन पाएको सरकारले सोही अवधिमा १२१ मत गुमाएको देखिन्छ ।

बजेट पारित भएपछि प्रतिनिधिसभाबाट बाहिरिँदै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि संसदको विश्वास घटेको बताउनुभयो । प्रतिनिधिसभाले पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि प्रतिक्रिया व्यक्त गर्दै उहाँले ओलीले ९९ प्रतिशत समर्थन प्राप्त गरेको सरकारको समर्थन अहिले घटेर ५३ प्रतिशतमा सीमित भएको बताउनुभयो

प्रधानमन्त्रीको सक्रियता

बजेट पास गर्नका लागि प्रधानमन्त्री अन्तिम घडीमा जनता समाजवादी पार्टी (जसपा)को कार्यालयमै पुगेर आश्वासन दिलाउनुपर्ने अवस्था आयो । बजेटप्रति रुष्ट बनेको नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्रीको आश्वासनमै चित्त बुझायो भने जसपालाई मनाउन आश्वासन लिएर प्रधानमन्त्री जसपाको बैठकमै जानुपर्ने अवस्था आयो । १२ जना सांसद रहेको जसपा बजेटको विपक्ष उभिएको भए बजेट पारित हुने अवस्था थिएन । बजेट फेल भएको भए सरकार परिवर्तनको हल्लामा अवश्य पनि थप बल पुग्ने थियो ।

बजेट पारित  भएसँगै सरकारको परिवर्तनको हल्ला पनि केही समयका लागि पछाडि धकेलिएको छ । बजेट संशोधनको चर्को माग राख्दै आफ्नै सरकारविरुद्धमा लागेका सांसदहरुले अन्तिम समयमा मन फेरेपछि सरकार परिवर्तनको चर्चा केही समयका लागि मत्थर भएको हो ।

बजेट सार्वजनिक भएदेखि नै बजेट बाँडफाँटप्रति रुष्ट बनेका सत्तासाझेदार दलका सांसदहरु अन्तिम घडीमा बजेटका पक्षमा मतदान गर्न कसरी राजी भए त ? त्यसका पछाडि सरकार परिवर्तनको हल्ला प्रमुख कारक मान्नेहरु धेरै छन् । नेकपा (एकीकृत समाजवादी)का सांसदहरु बजेटप्रति सबैभन्दा असन्तुष्ट बनेका थिए । उनीहरु माग सम्बोधन नभए विपक्षमा उभिने यसअघि नै स्पष्ट पारिसकेका थिए ।

सत्तारुढ दल र सांसदहरु बजेट फेल भए सरकार परिवर्तन हुन्छ भन्ने मानसिकता र त्यसमाथि कांग्रेस र एमालेका कतिपय नेताहरुले दिएका अभिव्यक्तिले सत्तासाझेदार दलका सांसदको मनमा चिसो भने पक्कै पसेको थियो ।