२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

‘एमालेमा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न, हस्ताक्षर गर्दै हिँड्न पार्टीले खटाएको छैन’

‘एमालेमा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न, हस्ताक्षर गर्दै हिँड्न पार्टीले खटाएको छैन’
अ अ+ अ-

काठमाडौं । आइतबार बिहान आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलको बैठकले अहिलेको सरकारले दीर्घकालीन कामकारवाही गर्न नमिल्ने निकर्ष निकालेको थियो । 

उक्त विपक्षी दलको बैठकले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी समेत दिएको थियो । 

त्यसमा प्रतिबद्धता जनाउँदै कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले संयुक्त हस्ताक्षर गरेका थिए । 

त्यसमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको नजर सिधै माधव कुमार नेपालको हस्ताक्षरमा पर्यो । वरिष्ठ नेताको दर्जामा नेपाल नरहेको र हस्ताक्षर गर्दै हिड्न एमालले कहिल्यै नखटाएको भन्दै थापा सिधै नेपालमाथी खनिए । 

सल्लाहकार थापाले वक्तव्यलाई साभार गर्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 
अनाधिकृत कार्य-
विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ। 
नेकपा(एमाले)मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन।
अझै विधि र पद्धति!

 

अनाधिकृत कार्य-
विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेकाे वक्तव्यमा माधवकुमार नेपालकाे हस्ताक्षर अनाधिकृत छ।
नेकपा(एमाले)मा वरिष्ठ नेताकाे दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएकाे पनि छैन।
अझै विधि र पद्धति! pic.twitter.com/QpBnc9Wm3S

— Surya Thapa (@ThapajiSurya) May 30, 2021