५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट तीन क्याम्पसलाई पुरस्कृत गरिने



अ+ अ-

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट तीन क्याम्पसलाई पुरस्कृत गर्ने भएको छ । आयोगले आज एक सूचना प्रकाशित गरी राष्ट्रिय शिक्षा दिवसका अवसरमा तीन क्याम्पसलाई नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ अनुसार पुरस्कृत गरिने जनाएको छ ।

यसका लागि विश्वविद्यालयका आंगिक क्याम्पसका साथै सबै विश्वविद्यालयबाट सम्बनधन लिइ सञ्चालनमा रहेका सामुदायिक र निजी क्यामपसले दाबीसहित तोकिएको प्रक्रिया पूरा गरी आगामी साउन १९ गतेभित्र कार्यालयमा आइपुग्ने गरी बुझाउन आग्रह गरिएको छ ।

आयोगले आंगिक क्याम्पस, सम्बन्धनप्राप्त सामुदायिक क्याम्पस र सम्बन्धनप्राप्त निजी क्याम्पस एक एक गरी तीन क्याम्पसलाई पुरस्कृत गर्ने भएको छ ।




भर्खरै