१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाडका लागि चार खेलाडी छनोट



अ+ अ-

काठमाडौँ । चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् ।

अन्तिम छनोट प्रतियोगिताबाट आज दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले जानकारी दिनुभयो ।

पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भए । त्यस्तै महिलातर्फ ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिए । एशियाली खेलकुद आगामी असोज ६ गतेदेखि सुरु हुँदैछ ।