काठमाडौं । नेकपा एमालेको आज साँझ बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार आज साँझ ५ बजे बस्ने भनिएको बैठक भोलि बिहानका लागि सारिएको हो ।
बैठक सोमबार बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने पनि तामाङले जानकारी दिनुभयो ।











