२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

मुलुकविरुद्ध निकै ठूलो अनिष्टको काम भइरहेको छः प्रधानमन्त्री ओली

मुलुकविरुद्ध निकै ठूलो अनिष्टको काम भइरहेको छः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भईरहेको बताउनुभएको छ ।  तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले संसदीय प्रणाली र दलिय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भईरहेको बताउनुभयो ।

उहाँले नेता माधव कुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गर्नुभयो । उहाँले उनीहरुले मुलुक विरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “तीनले खाएको सपथ झुटो हो ,तीनका सपथ बेइमानी हो । तीनका सपथभित्र स्वार्थ पुरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त । तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरु हुन्छन् । नेतृत्व तह अनुशासनहिन र अराजकता उत्रिन्छ  । सम्मानीय राष्ट्रपति ज्यु कोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ । यो चिन्ताको विषय छ । ”

राजनीतिक दल र तीनका नेताहरु अनशासनहिन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमार्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नएको घटना नेपालमा भएको बताउनुभयो । उहाँले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलिय अनुसासन, मर्यादा, प्रणाली संसदीय प्रणाली विरुद्ध भएको बताउनुभयो । उहाँले पछिल्लो समय  नेपाली राजनीतिमा स्याडीस प्रवृत्तिको विगविगी देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “समाजलाई अमर्यादाले एकतावद्ध बनाउदैन । परपीडक प्रवृत्तिले अर्काको आशुँमा रमाउने खालका परपीडक स्याडीस । त्यस्तो स्याडीस प्रवृत्तिको विगविगी देखिन्छ । यो गम्भीर चिन्ता र चासोको विषय हो । परपीडक, असभ्य, छाडा र अराजकतत्व अहिले पनि आफुलाई विद्धान ठान्ने । तीनको जीन्दगी खेर गएको देखेर पनि दुख लाग्छ । उच्च जिम्मेवारी र मर्यादामा रहेका व्यक्तिको अपमान र मनपरी गाली गर्नु आफ्नो बहादुरी ठान्ने प्रवृत्ति यो समाजका लागि कति हानिकारक छ ? यो कुनै अरु जीवजन्तुले होइन । आफु पढेलेखेको जान्ने सुन्ने सभ्य छु भन्ने जान्ने,भात होइन पिजा खानेहरुबाट यस्ता कामहरु भईरहेको छ । ”

समाजमा बढ्दै गएको अशिष्ट र अराजक गतिविधि विरुद्ध मर्यादा, शिष्टता र सभ्यतातर्फ समाजलाई फर्काउन सभ्य समाज निर्माण गर्न जरुरी रहेको भन्दै त्यसकार्यमा लाग्न आग्रह गर्नुभयो ।  विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संबैधानिक र कानुनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धी प्राप्त भएपनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको टिप्पणी गनुृभयो ।

उहाँले भन्नुभयो “कतिपयलाई यो कुरा चित्त बुझेको छैन । कतिपयमा पुरुषप्रधानताको सामान्ती सोचले जकडिएको छ । कतिपयमा आधुनिक युगको त छोडिदिनोस् । आधुनिक युग, अझै सभ्य, अझै सुसंस्कृत हुदै जानुपर्ने हो तर केही पछाडि परेका तत्वहरु छन्, असभ्य तत्वहरु, परपीडक तत्वहरु । मानविय भावनामा उठ्नै नसकेका । तीनीहरुले सामाजिक समानता, न्याय जस्ता कुराहरु बुझ्ने त कुरा छोड्दिनुनोस् , उनीहरु परपीडकको हिसाबमा अरुको अपमान गर्ने, छाडापन, अश्लिलता, अराजकता फैलाएर समाजलाई विखण्डीत गर्ने काम गर्छन् ।”

प्रधानमन्त्री ओलीले राजनीतिक स्वतन्त्रतासंग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र जनताको व्यवस्था हुने बताउनुभयो । सम्मृद्धि र समानता भएको स्थानमा लोकतान्त्रिक समाज हुने भन्दै उहाँले प्रजातान्त्रिक समाज निर्माणका लागि नागरिक स्वतन्त्रता, राजनीतिक हक अधिकार, सामाजिक हक अधिकार, सम्मृद्धि र न्याय सहितको समानताको सुनिश्चितता हुनुपर्ने बताउनुभयो ।

विगतमा महिला अधिकारका लागि भएका आन्दोलन तथा योगमाया, कमलादेवी सिंह, सहाना प्रधान लगायत नेतृहरुको भूमिका र बलिदानीको चर्चा गर्दै उहाँले ती सबैले नेपाली समाजलाई राजनीतिक र सामािजक परिर्वतन संगै चेतना वृद्धिमा सहयोग पुराएको बताउनुभयो । त्यसबेलाको आन्दोलनकै असर स्वरुप अहिले महिलाको समान अधिकारको आकांक्षा प्रकट हुने अवस्थामा आएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले महिला हिंसा न्युनीकरणका लागि महिला स्वयंम् पनि सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।उहाँले भन्नुभयो “यो वा त्यो प्रकारका कुनै पनि महिला हिंसा , महिला हिंसा गर्ने कुरामा महिला पनि त्यत्ति कम छैनन् । महिलाहरु पनि सजग हुनुपर्छ यस्तो कुरामा । महिलामा महिलाजन्य स्नेहपुर्ण, ममतापुर्ण स्वभाव हुनुपर्छ । आफैले आफैलाई सच्याउनुपर्छ । ठिक ठाउँमा उभ्याउनुपर्छ । ठिक विचार लिनुपर्छ । ठिक व्यवहार आचरण लिनुपर्छ । हामीले महिलादिदी बहिनीहरुलाई पुरुष बहकावमा नपर्न आग्रह गर्नुपर्छ । महिला हिंसाका विरुद्ध हामी सबै अगाडि बढ्नुपर्छ । महिला समस्या, विषय र आकांक्षाहरु महिलाका मात्रै नभई सामाजिक र मानवजातिका आकांक्षा भएकाले मानवजातिको उन्नति प्रगतिका निम्ति आवश्यक आकांक्षा हुन् । ”

उहाँले महिला हक अधिकार र समानताको आन्दोलन महिलाको मात्रै हो भनेर नठान्न र पुरुषहरुलाई पनि महिलाप्रति सहयोगी , महिला आन्दोलन , आकाक्षा र प्रयासप्रति सहकारात्मक र सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले पुरुषहरुले सहयोगी भूमिका निर्वाह नगरेसम्म महिला आन्दोलन सफल गराउन कठिन हुने बताउनुभयो ।