२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बजेट सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि हो: अर्थमन्त्री पौडेल (भिडियो सहित)

बजेट  सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि हो: अर्थमन्त्री पौडेल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ ।  अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०७८÷७९ को बजेट कार्यान्यन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ ।  आगामी आर्थिक बर्ष २०७८ ÷७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आईतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पार्नुभएको हो  ।

उहाँले भन्नुभयो “यो बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याईएको हो भन्ने म विश्वस्थ दिलाउन चाहन्छु । कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रीत हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रीत गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौ । ”

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रीत भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताउनुभयो । आर्थिक क्षेत्रमा देखिएका चुनौतिको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै सम्मृद्धिको सपना साकार पार्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । उहाँले भोली देखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयको अभियानलाई तिब्रता दिएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन । ”

उहाँले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निश्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पुर्ण सामथ्र्य परिचालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचनलाई स्वतन्त्र निश्पक्ष ढंगले सम्पन्न गर्न सम्पुर्ण सामथ्र्य परिचालन गरिने छ । निर्वाचनका लागि यथेष्ठ महत्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ । ”

सरकारले महामारी नविर्सिएको र मुख्य चुनौतिको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको बताउनुभयो । सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली जनतालाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढंगले सरकारले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको स्पष्ट पार्नुभयो । उहाँले सरकारले मतदाता प्रभावित पार्न नभई अभिभारा पुरा गर्न बजेट ल्याएको बताउनुभयो ।

 संबैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै उहाँले चुनावपछिपनि जनताको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताउनुभयो । उहाँले बजेटले वर्तमान चुनौतिहरुलाई बुझेको, देखेको र सम्बोधनका लागि आवश्यक नीति र कार्यक्रम तथा योजनाका साथ आएकाले कार्यान्वयन गरिने र बजेटमा निर्धारण गरिएका लक्ष्यहरु पनि हासिल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कतिपयले वर्तमन सरकारलाई पुर्ण बजेट ल्याउने अधिकार नएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उहाँले संविधानले गरेको प्रबन्ध अनुसार नै बजेट ल्याएको बताउनुभएको छ । उहाँले भन्नुभयो “संबैधानिक प्रवन्ध भयो भएन भनेर दुविधा राख्नुपर्ने अवस्था छैन । यो सबैधानिक प्रबन्ध अनुरुप नै आएको छ । मुलुकको आर्थिक क्रियाकलापलाई निरन्तरता दिने कामबाट सरकार पन्छिनु हुदैनथ्यो ।

त्यसैले पनि सरकारले बजेट ल्याउनुपथ्र्यो । अर्को विकल्प थिएन । यस्तो अवस्थामा कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी उपयुक्त हुन सक्तैन ।” उहाँले दक्षिण एशियामा खोप प्रयोग गर्ने दोश्रो मुलुक भएजसरी नै प्रत्येक नागरिकलाई खोप दिलाउने सन्दर्भमा पनि तुलनात्मक रुपमा नेपाल अग्रपक्तिमा उभिने विश्वास दिलाउनुभयो ।  बजेटमा नागरिकको जीवनरक्षाका लागि सम्पुर्ण स्रोत साधन र क्षमता लगाउने र जीवन रक्षा गर्ने प्रतिवद्धताका साथ सरकार प्रस्तुत भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले कोभिडका विरुद्धको खोपका सम्बन्धमा असाधारण पहल कदमी लिएर खोपसेवा उपलब्ध गराउने काममा केन्द्रीत भएर लाग्ने प्रतिवद्धता पनि जनाउनुभयो । उहाँले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि सार्वजनिक गरिएको योजना तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै नागरिकको जीवनरक्षामा केन्द्रीत हुने विश्वास दिलाउनुभयो ।