२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

आर्थिक गतिविधिलाई अस्तित्वमा राखिराख्न कर छुटको व्यवस्था गरिएको हो : शिशिर ढुंगाना

आर्थिक गतिविधिलाई अस्तित्वमा राखिराख्न कर छुटको व्यवस्था गरिएको हो : शिशिर ढुंगाना
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्रालका सचिव शिशिर ढुंगानाले कोभिड १९ संक्रमणको महामारीका कारण आर्थिक गतिविधि नै कम भएको क्षेत्रलाई अस्तित्वमा राखिराख्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कर छुटको व्यवस्था गरिएको स्पष्ट पार्नुभएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आईतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सचिव ढुंगानाले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि नै यस्तो व्यवस्था गरिएको बताउनुभएको हो । 

उहाँले विद्युत् खपथ बढाउनका लागि विद्युतिय सामाग्रीमा कर छुट गरिएको बताउनुभयो । उहाँले कोभिड-१९ का मारमा परेको क्षेत्रलाई सरकारले अघि सारेको राहत र पुनरुत्थानका कार्यक्रमले उत्पादन बढाउन तथा रोजगारी श्रृजना गर्न सक्ने भएकाले त्यसैलाई आधार बनाई ६ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको स्पष्ट पार्नुभयो । 

बजार खुल्ने वित्तिकै हुनसक्ने अर्थतन्त्रको चलायमानका आधारमा राष्ट्रबैकले गरेको अध्ययनका आधारमा यस्तो लक्ष्य राखिएको र खोप दिईसकेपछि आर्थिक गतिविधिलाई पुनरुत्थान गरि पुरानै लयमा फर्काउने छौ भन्ने विश्वासका साथ आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको उहाँले बताउनुभयो ।  आर्थिक बर्षको सम्पुर्ण अर्थतन्त्रको चक्रलाई खलबलिन नदिने विश्वास दिलाउनुभयो । उहाँले सबै नागरिकले खोप लगाएपछि अर्थतन्त्र पुरानै लयमा फर्किने भएकाले लक्षित राजश्व संकलनमा बाधा नपर्ने विश्वास दिलाउनुभयो ।

उहाँले सरकारले नेपाल टेलिकममा सर्भिस लिने व्यक्तिलाई मात्रै केन्द्रीत गरेर त्यसको सेवा, स्वामित्व र प्रतिफलको लाभ लिन पाउने व्यवस्था गर्न खोजिएको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनका लागि रकम उपलब्ध गराउन मन्त्रालय तयार रहेको र आवश्यक पर्ने रकमको अभाव हुन नदिने बताउनुभयो । उहाँले गरिबी निवारण कोषको खारेजी नियमसंगत भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “गरिबी निवारण कोष खारेजी जानेर गरिएको हो । विधि र प्रक्रिया पुरा गरेर खारेज गर्ने नै हो । कोष अन्र्तगत परिचालन गरिएको रकमलाई सहकारीको मार्फत परिचालन गर्ने हो । गरिबी निवारण कोष ऐनमा नै परिर्वतन गरेर खारेज गर्ने निर्णय भएको हो ।”

उहाँले करका दरहरु परिर्वतन गर्न संविधानले नछेक्ने भन्दै कानुन भित्रै रहेर करका दरहरु परिर्वतन गरिएको स्पष्ट पार्नुभयो । कानुन सरहको अध्यादेशबाट निर्णय भएकाले करका दरहरु परिर्वतनका सम्बन्धमा कानुनी चुनौति नहुने दाबी उहाँले गर्नुभयो ।