१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन शुरु



अ+ अ-

हेटौंडा । बाग्मती प्रदेशसभाको आठौं अधिवेशन आजदेखि शुरु भएको छ । स्वास्थ्य सुरक्षाको लागि प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको एन्टिजेन्ट परीक्षण गरेपछि मात्र बैठक शुरु गरिएको थियोे । 

आजको बैठकमा हालै मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्गठन गर्नु भएको मन्त्रिपरिषदबारे प्रदेश प्रमुखको पत्र सभामुख सानुकुमार श्रेष्ठले पढेर सुनाउनुभयो । 

गत वैशाखमा निधन हुनुभएका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको स्मरणमा मौनधारण गरेपछि सभामुखले भोलि जेठ १७ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।