२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

९६ वर्षीय वृद्धाले जित्नुभयो कोरोना

९६ वर्षीय वृद्धाले जित्नुभयो कोरोना
अ अ+ अ-

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम निवासी ९६ वर्षीय वृद्धाले कोरोना भाइरसको सङ्क्रमणलाई जित्न सफल हुनुभएको छ । दग्नामको कान्छी गाउँ घर हुनुभएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको हुनुभएको हो । सात दिनअघि कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना सङ्क्रमण मुक्त भएपछि उहाँलाई घर पठाइएको गाउँपालिकाको कोभिड–१९ अस्पतालका डा  सन्तोषप्रसाद बोहराले जानकारी दिनुभयो । ‘‘उहाँलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मीसहितको टोलीले अस्पतालमा ल्याउनुभएको थियो, अस्पतालमा ल्याउँदा उहाँमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक सातासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार ग¥र्यौं, अहिले अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि उहाँलाई घर फिर्ता गरेका छौँ’’, डा बोहराले भन्नुभयो । 

अस्पतालसम्म ल्याइपुर्याउँदा मानिस चिन्न समेत छाडिसक्नुभएकी वृद्धा आमाले कोरोना सङ्क्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्कनुभएको पुनका छोरा खिमबहादुर पुनले बताउनुभयो । ‘‘अस्पतालको उपचारबाट हामी खुसी छौँ, शुरुमा आमाले मलाई समेत चिन्नुहुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने हुनुभयो, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर जाँच र हेरचाह गरेकामा हामी हर्षित भएका छौँ’’, पुनले भन्नुभयो । 

कोरोना जितेर निको भएपछि वृद्धा पुनलाई गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक विज्ञहरुबाट सिफारिस भएका औषधिहरु उपलब्ध गराएर बिदाई गर्नुभएको थियो । सो अवसरमा पुनले अस्पतालको सेवा र उपचारको क्रममा निःशुल्क खाना खाजाको सुविधाबाट प्रभावित भएर उक्त सेवाकै लागि रु सात हजार नगद समेत सहयोग हस्तान्तरण गर्नुभएको थियो । 

यसैबीच कोरोना सङ्क्रमणको कारण पोखरासम्म पुगेर उपचार गर्दा समेत निको नभएपछि रघुगङ्गाकै कोभिड अस्पतालमा फर्किएर उपचार गराउनुभएका पिप्ले निवासी ५३ वर्षिय रत्नबहादुर शाहीले समेत कोरोना जितेर घर फर्कनुभएको छ । उहाँको स्वास्थ्यमा थप अन्य समस्या देखिएपछि थप जाँचका लागि बेनी हुँदै पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको थियो । गण्डकीमा आइसियू कक्षमा समेत राम्रो उपचार नभएपछि उहाँका आफन्तले शाहीलाई गाउँकै कोभिड अस्पतालको आइसोलेसनमा राखेर उपचार गराउने गरी फर्काउनुभएको थियो । 

कोभिड अस्पतालमै उपचार गरी निको भएपछि शाहीसमेत आइतबार घर फर्कनुभएको छ । ‘‘ठूला अस्पतालमा समेत राम्रो उपचार पाइने देखिन, बरु यहीँकै अस्पतालमा उपचार गराउने निधो गरेर फर्किएको थिएँ, यहाँ आएपछि उपचार गर्दै जाँदा मेरो स्वास्थ्यमा क्रमिक सुधार आयो, आज निको भएर घर फर्कदै छु, यहाँका डाक्टर र स्वास्थ्यकर्मीको यो गुन म कहिल्यै भुल्ने छैन्’’, शाहीले भन्नुभयो । 

रघुगङ्गाको कोभिड अस्पतालमा बिरामी र कुरुवाहरुलाई निःशुल्क खानाको समेत व्यवस्था गरिएको छ । स्थानीय नवसन्तोष सेवा युवा क्लब, सिवाइजी क्लब र रेडक्रस पिप्ले उपशाखाको अगुवाइमा स्थानीय युवाहरुले स्वयमसेवक रुपमा परिचालन भएर सहयोगदातामार्फत सहयोग जुटाएर बिहानदेखि बेलुकीसम्म नै भर्ना भएका बिरामी र उनीहरुका कुरुवालाई निःशुल्क खाना, खाजा खुवाउँदै आएको पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्लले जानकारी दिनुभयो ।

यसैबीच कोरोना जितेर घर फर्कनुभएका शाहीले निःशुल्क खानाको व्यवस्थापनका लागि रु २१ हजार ५०५ र अस्पतालका स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि समेत रु २१ हजार ५०५ नगद सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रघुगङ्गाको कोभिड अस्पतालमा अहिलेसम्म ५६ जनाको उपचार गरिसकिएको छ । गत वैशाख २१ गतेबाट रघुगङ्गाले कोभिड अस्पतालबाट सेवा सञ्चालन गरेको थियो । 

अस्पतालमा आएका अधिकांश अक्सिजन लगाएर उपचार गराउनुपर्ने बिरामीहरु निको भएर घर फिर्ता भएका छन् । गाउँपालिकाले दुई सवारी साधनमार्फत बिरामीलाई अस्पतालसम्म ल्याउने र निको भएपछि घरमा पु¥याउने काम समेत गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।