७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

सरकार परिवर्तनकाे त्रासले बिना संशोधन बजेट पास हुँदै

सरकार परिवर्तनकाे त्रासले बिना संशोधन बजेट पास हुँदै
अ+ अ-

काठमाडौँ । गत जेठ १५ मा संवैधानिक व्यवस्थाअनुसार नै अर्थमन्त्री डा प्रकाशशरण महतले संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्नुभयो ।

त्यसयताको एक महिनामा सदन र बाहिर बजेट संशोधनको माग जोडतोडले उठ्यो । विगतमा झैँ प्रतिपक्षी दलहरुले बजेट समस्या समाधान गर्न चुकेको, असन्तुलित भएको, योजनाका साथ नआएको, एकतर्फीरुपमा बजेट बिनियोजन भएको, कार्यान्वयन हुन नसक्ने खालको, मनगढन्ते भएकोलगायतका आरोप लगाए । जुन अपेक्षाकृत विरोध नै थियो । तर यसपटक सत्तासाझेदार दलका सांसद नै बजेटको विरोध गर्न र संशोधनको माग राख्नेमा अग्रपंक्तिमै रहे ।

नेपाली कांग्रेसका तर्फबाट अर्थमन्त्री बन्नुभएका डा महतले ल्याएको बजेटको विरोध आफ्नै पार्टीभित्रैका सांसदबाट समेत भयो । कांग्रेस सांसद रमेश लेखकले पनि सरकारले केही कुरामा करेक्शन गर्न सकिने भन्दै यसका लागि सरकारमा रहेका दलबीच सहमति आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले बजेट सम्बोधन गर्ने गरी अघि बढ्न पनि सुझाव दिनुभयो । बजेट संशोधन हुन्न भन्ने मान्यताबाट आजसम्म चले पनि यसपटक बजेट संशोधन गर्न सकिने उहाँको तर्क थियो ।

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले त अध्यक्ष माधवकुमार नेपालले बजेटको पक्षमा भोट हाले पनि आफूलगायतले विपक्षमा मत दिने चेतावनी समेत दिनुभयो । त्यति मात्रै होइन, सोही पार्टीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभउका प्रकाश ज्वालाले समेत सरकारले ल्याएको बजेटको विरोध नै गर्नुभयो ।

त्यसमाथि प्रतिपक्षी दल नेकपा (एमाले)को निरन्तरका विरोधका बीच बजेट पक्कै पनि संशोधन हुनेमा धेरै ढुक्क जस्तै थिए । अर्थात् बजेट जस्ताको तस्तै पास हुँदैन भन्ने धेरैमा आँकलन थियो । सत्तासाझेदार दलबाटै विरोध भएपछि बजेट संशोधन गराइ छाड्ने अडानमा रहेका प्रतिपक्षी दल पनि थप बल पुगेको थियो ।

तर बजेट पास हुने समयमा आइपुग्दा सत्तासाझेदारका सांसदहरुको बजेट संशोधनको चर्को अडान मत्थर हुँदै शून्य जस्तै भएको छ । अर्थात् अब बजेट बिनाकुनै संशोधन हुनेमा आशंका छैन ।

कारण हो, सरकार परिवर्तनको त्रास !

राजनीतिक वृतमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको अपत्यारिलो सहकार्य हुने र वर्तमान सरकार ढल्नसक्छ भन्ने चर्चा राम्रैसँग चलेको थियो । सरकार परिवर्तनको हल्लालाई मलजल गर्ने काम एमाले र कांग्रेसका शीर्ष नेताहरुकै भनाइले पुष्टि गर्ने आधार दिएपछि सत्तासाझेदार कतिपय दललाई चस्को परेको थियो ।

यस्तै विकसित घटनाक्रमले बिना कुनै संशोधन बजेट पास हुने अवस्थामा पुगेको छ भने सरकार परिवर्तनको हल्ला यत्तिकैमा सीमित हुन्छ कि भन्ने पनि आँकलन गरिएको छ ।

सरकार परिवर्तनको हल्लाकै कारण मंगलबार ललिता निवास जग्गा प्रकरणमा रहेको अभियोगमा संलग्नको आरोपमा ७ जना पक्राउ गरिएको हुनसक्ने धेरैको बुझाइ छ ।

त्यसो त सरकार परिवर्तनको हल्ला प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भएको ढिलाइदेखि सुरु भएको हो । भारतले भ्रमणको आधिकारिक निम्तो दिन गरेको ढिलाइ र प्रधानमन्त्रीको जतिसक्दो छिटो भारत भ्रमणमा जान खोजेको हुटहुटीले त्यसलाई संकेत गरेको थियो ।

प्रधानमन्त्री दाहाल छिट्टै भारत भ्रमणबाट सरकारको अवधि लम्ब्याउन चाहनुभएको थियो । तर त्यो त्यति सजिलो भने भएन । सरकार परिवर्तनको हल्लाले उब्जाएको ‘इन्स्क्येरिटी’का कारण समाजवादी मोर्चा गठन भएको भन्ने पनि धेरै छन् । किनभने सरकारलाई समर्थन गर्ने केही र नगर्ने केही पार्टी एउटै छाता मुनी आउनुको औचित्य अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सिंगापुर भ्रमण र सोही समयमा नेपालमा सत्तासाझेदार र त्यसइतरका दलहरुबीचको निकटता हुनुलाई पनि मोलमोलाइको अर्थका रुपमा बुझ्नेहरुको संख्या कमी छैन ।

सरकार परिवर्तनको हल्लाकै कारण बजेटको संशोधनको चर्को अडान लिएर बसेका एकीकृत समाजवादी पार्टी र जनता समाजवादी दलका सांसदहरु बजेट संशोधनको अडानबाट ब्याक हुने अवस्थामा पुगेकाछन् । यद्यपि आधिकारिक निर्णय भने आज बस्ने दुवै पार्टीको संसदीय दलको बैठकले गर्नेनै छ ।

यसरी हेर्दा बजेट संशोधनको अडानबाट टसमस नभएका राजनीतिक दल र सांसदहरु अन्तिम घडीमा सत्ताटिकाउन कै लागि पनि बिना कुनै सर्त बजेट पास गर्नका लागि सहमत हुने अवस्थामा पुगेका छन् ।

बजेटको पक्षमा मतदान गर्नका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले ह्विप नै जारी गरेका छन् भने नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी पनि सर्तसहित बजेट पास गर्ने सहमतिको नजिक पुगेका छन् ।