२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन सुमन अमेरिका प्रस्थान



अ+ अ-

काठमाडौं । कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन मंगलबार अमेरिकाको फ्लोरिडा प्रस्थान गरेका छन् ।

इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, युएसएको आयोजनामा जुन २९ देखि जुलाई १ तारिखसम्म हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातमा चुनौती प्रस्तुत गर्ने छन् । हवाइ टिकट हात्तीसारस्थित नमस्ते टुरिजम एन्ड होलिडेज प्रा.लि. ले प्रायोजन गरेको सुमनले जनाएका छन् ।

सुमनले बंगलादेशमा भएको तेश्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ–कातमा स्वर्ण जितेका थिए ।