• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ?

जन्मजात मोतियाबिन्दु भएका १० बर्षिय सागरको नि:शुल्क शल्यक्रिया पछि फेरियो दैनिकी



मोरङ । रतुवामाई नगरपालिका मोरङका १० बर्षिय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ । आँखामा जन्मजात मोतियाबिन्दको समस्या भएका कारण टाढाको बस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रस्ट देख्न थालेका छन् ।

मुनाल आदर्श विद्या सदनमा चौथो कक्षामा अध्ययनरत सागरको नेपाल नेत्रज्योति संघको पुर्वान्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत संचालित विराटनगर आँखा अस्पतालले नि:शुल्क आँखाको शल्यक्रिया गरिदिएपछि उनको दैनिकी समेत फेरिएको छ ।

सामान्य कृषि पेशामा आवद्ध उनको परिवारलाई उनको आखाँमा समस्या देखिएपछि उनको कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको थियो तर अस्पताल आएर सबैकुरा बताएपछि अस्पतालले नै उनको नि:शुल्क शल्यक्रिया गरिदिएको हो ।

सिबिएमको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक पहुँच र पुनर्वास कार्यक्रम अन्तरगतको विद्यालय आँखा र कान जाँचमा आँखा परिक्षण गर्दा सागरको दाहिने आँखामा मध्यम दृष्टि कमजोरी थियो । आँखा स्वास्थ्यकर्मीले उनलाई रिपोर्ट दिई त्यो रिपोर्ट परिवारलाई दिन र नजिकैको आँखा अस्पतालमा परामर्श गर्न भने ।

अरु दिन जस्तै सागर घर पुगेपछि परिवारलाई रिपोर्ट दिए । “रिपोर्ट हेरेपछि हामीले तुरुन्तै आँखा अस्पतालमा ल्यायौं” सागरको आमाले भन्नुभयो “हामीजस्ता सामान्य परिवारलाई बिहान खाएपछि बेलुका के खाने भन्ने हुन्छ, अब छोराको अप्रेशन गर्नुपर्छ भनेपछि कसरी गर्ने भन्ने चिन्ता थियो तर अस्पताल आएपछि यहाँ डाक्टरले सबै उपचार र शल्यक्रिया नि:शुल्कमा हुन्छ भनेपछि भगवान नै पाए जस्तो भयो ।”

“उसको आँखामा जन्मजात मोतियाबिन्दु भएकाले उसलाई आफ्नो आँखाले कतिसम्म प्रष्ट देख्छ कति टाढासम्मको कुरा पढ्न र देख्न सकिन्छ भन्ने कुरा थाहाँ नै थिएन जसका कारण उसलाई मेरा आँखामा समस्या छ वा कमजोर छ भन्ने कुरा थाँहा हुने पनि कुरै भएन” सागरको उपचारमा संलग्न नेत्र विशेषज्ञ डा।पवन श्रेष्ठले भन्नुभयो “यहि कारणले हो नियमित रुपमा आँखाको परिक्षण गर्नुपर्छ भनेको कतिपय समस्याहरु यो समस्या हो भन्ने थाहा नपाएरनै बिरामीहरुले समस्यालाई झेलिरहेका छन् ।”

अस्पतालको मेडिकल डाइरेक्टर डा.रक्षा पन्त सिटौलाले कुनै पनि नागरिकहरु उपचारबाट बञ्चित हुनु नपरोस भनेर अस्पतालले विभिन्न संघ संस्था र निकायहरुसंगको सहकार्यमा विभिन्न ठाँउहरुमा निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको र अस्पताल आउने विरामीहरु पनि आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनु नपर्ने समेत बताउनु भयो ।

“उसले हामीलाई वस्तु/शब्दहरू हेर्न समस्या भएको कुरा कहिले भनेन, समयमै बताएको भएको भए चाँडै उपचार गर्न सकिन्थ्यो । कतै हिँड्दा, पढ्ने, लेख्दा कहिलेकाहीँ उहाँलाई कठिनाइ हुने गरेको हामीले पाएका थियौं तर यो समस्यामा हामीले खासै ध्यान दिएनौ, हाम्रो गल्तीले यो अवस्था आयो,’ सागरकी आमाले भन्नुभयो ।

शल्यक्रिया पछि पट्टी खालेपछि सागरले मुस्कुराउँदै भन्नुभयो, “म पहिले भन्दा धेरै स्पष्ट देख्न सक्छु, अब म राती पनि पढ्न, लेख्न र हिँड्न सक्ने छु,’।