२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

भूमिहिनलाई लालपुर्जा र युवालाई रोजगारी दिन्छौं, खरका छाना हट्छ: राज्यमन्त्री मानन्धर

भूमिहिनलाई लालपुर्जा र युवालाई रोजगारी दिन्छौं, खरका छाना हट्छ: राज्यमन्त्री मानन्धर
अ अ+ अ-

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको जीवन रक्षा र जीवनस्तर सुधारका लागि सरकारले अधिकतम उपाय अवलम्वन गरिरहेको बताउनुभएको छ । सोमबार बालाजु बाइपासमा निर्माणाधिन सुचना केन्द्र निर्माण उपभोक्ता समितिका पदाधिकारीसँगको छलफलमा मन्त्री मानन्धरले सरकारले कोभिड महामारी नियन्त्रण केन्द्रीत बजेट ल्याएको बताउँदै उपचार र खोप सुनिश्चितताका लागि बजेटको कमी नहुने दाबी गर्नुभयो ।

मंसिरमा हुने निर्वाचन अगाबै सम्भवभएसम्म सबै  नागरिकलाई निशुल्क खोपको प्रवन्ध गर्नेगरी सरकारले काम गरिरहेको दाबी गर्नुभयो । खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया बिनियोजन भएको बताउँदै मन्त्री मानन्धरले अबको केही दिनभित्र खोप आयत सुनिश्चित हुने दाबी पनि गर्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुनेगरी बजेट आएको दाबी गर्दै मन्त्री मानन्धरले सबै नेपालीले अपनत्व ग्रहण गर्ने जनमुखी बजेट आएको दाबी समेत गर्नुभयो । 

सरकारले जनताको जीवन रक्षासँगै जीवनस्तस सुधारका लागि महत्वाकांक्षी बजेट ल्याएको दाबी गर्नुभयो । विपद् सामना गरिरहेका जनताको समृद्धिको चाहना पुरा गर्न सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै सबै जानगरिकले गर्व गर्ने बजेट आएको बताउनुभयो । महामारिबीच ठुला विकास आयोजनाहरुको निर्माण चलिरहेको बताउँदै मन्त्री मानन्धरले विकास निर्माणका काममा सहजिकरणका लागि सरकारले काम गरिरहेको पनि बताउनुभयो । निर्माणाधिन आयोजनामा बजेटसहित अन्य प्राविधिक समस्या नहुने बताउँदै सहजिकर०का लागि अनुगमन थालिने जानकारी पनि दिनुभयो । 

केही नेताको व्यक्तिगत कुण्ठाका कारण राजनीति केही धुमील भएको बताउँदै जनताको समृद्धिको सपना पुरा गरेरै छाडिने दाबी पनि गर्नुभयो । मन्त्री मानन्धरले तत्कालिन नेकपा र हाल एमाले भित्रका केही नेताहरुले जनमुखी काम गर्न नदिन खोजेको दबी गर्दै सबै अवरोधको सामना गर्दै सरकार जनताको हितमा निरन्तर काम गरिरहेको दाबी गर्नुभयो । सरकारले जनताको हितमा काम गरेको एमालेकै केही नेता र विपक्षी दलहरुलाई मन नपरेको बताउँदै मन्त्री मानन्धरले जनविरोधी तत्वहरुलाई आगामी चुनाव मार्फत् जनताले जवाफ दिने बताउनुभयो । देशको विकासका लागि एमालेकै नेतृत्वमा सरकार हुनुपर्ने बताउँदै मन्त्री मानन्धरले आगामी चुनावबाट जनताले फेरि एमालेलाई अनुमोदन गर्ने दाबी गर्नुभयो । 

मन्त्री मानन्धरले बेरोजगार युवालाई लक्षित गरि सरकारले ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्मको कर्जाको व्यवस्था गरेको बताउँदै स्वरोजगार हुन चाहनेहरुका लागि सहजिकरण गरिने बताउनुभयो। भूमिहिन दलित, सुकुम्बासी, जग्गाविहिनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने सरकारको योजना रहेको बताउँदै मन्त्री मानन्धरले दलित, मुस्लिम र मुक्त कमलरी महिलालाई निशुल्क उच्च शिक्षाको प्रवन्ध मिलाईने बताउनुभयो । 
मन्त्री मानन्धरले आगामी वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् कम्तिमा दुई लाख युवालाई रोजगारी दिइने बताउँदै अन्य क्षेत्रमा पनि व्यापक रोजगारी श्रृजना गरिने दाबी गर्नुभयो । 

सहरी विकास मन्त्रालय मातहत १ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने बताउँदै प्रति परिवार ७५ हजार अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो । सरकारले कृषिलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री मानन्धरले साना किसानलाई राहत हुनेगरी बजेट आएको दाबी पनि गर्नुभयो । आगामी तीन वर्षभित्र मुलुकमा आफ्नै रासायनिक मल कारखाना स्थापना हुने बताउँदै यो वर्ष १२ अर्ब बजेट सुनिश्चित भएको मानन्धरको भनाइ छ ।