२३ असार २०८३, मंगलवार
,
Latest
हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन प्रहरी निलम्बित



अ+ अ-

लहान । प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ ।

निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माका अनुसार त्यहाँ काममा  खटिएका प्रहरी सहायक निरीक्षक नबलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरिएको छ । प्रहरीका आचरण विपरीत कार्य गरेको पाइएकाले प्रहरी नियमावली २०७१ बमोजिम तीनैजनालाई निलम्बन गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।