२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

४२ स्थानीय तहले ल्याउन सकेनन बजेट



अ+ अ-

काठमाडौँ । स्थानीय तहले हरेक वर्षको असार १० गतेभित्र आफ्नो सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम  र बजेट पेस गनुपर्ने कानूनी व्यवस्था भए पनि ४२ वटा स्थानीय तहले तोकिएको मितिभित्र सभामा बजेट पेस गर्न सकेनन् ।

कुन ७५३ स्थानीय तहमध्ये २९३ वटा नगरपालिका छन् । नेपाल नगरपालिका संघका अनुसार तीमध्ये १३ वटा नगरपालिकाले असार १० गतेभित्र बजेट पेस गर्न सकेनन् । त्यस्तै ४३६० वटा गाउँपालिकामध्ये २९ वटा गाउँपालिकाले गाउँ सभामा आगामी आर्थिक वर्षका लागि बजेट पेस गर्न नसेकेको गाउँपालिका महासंघले जनाएको छ ।

छ वटा महानगरपालिका रहेकोमा तीनले भने तोकिएको समयभित्रै बजेट ल्याएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले स्थानीय तहका विभिन्न कठिनाइले गर्दा कानूनले तोकिएको समयसीमाभित्र बजेट सभामा पेस गर्न नसकेको बताउनुभयो ।

उहाँका अनुसार दुर्गम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिती हुनु, स्थानीय तहका प्रमुख अस्वस्थ हुनु, कतिपय स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम हुनु, प्रमुख र उपप्रमुखबीचको आन्तरिकद्वन्द्व रहेकाले ती स्थानीय तहले आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट  सभामा पेस गर्न नसकेका हुन् ।