• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

राप्रपा बैठक: नवीन राप्रपाको नयाँ कार्यक्रम अनुमोदन



काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक नवीन राप्रपाको नयाँ कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ ।

बैठकले हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको राजनीतिक दस्तावेजका आधारमा नवीन राप्रपाको नयाँ कार्यक्रम अनुमोदन गरेको छ। जसअनुसार, पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई भुगोल केन्द्रित स्थानीय तहको जिम्मेवारी निर्धारण गरेको छ ।

यसैगरी ७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेतालाई खटाउने पार्टी जीवनमा पहिलोपटक नयाँ अभ्यास प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठकले सातवटै प्रदेशमा प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै प्रदेश संयोजकको काम, कर्तव्य र अधिकार समेत निर्धारण गरेको छ ।

बैठकले यसरी तोकिएका सबै प्रदेश संयोजक तथा भुगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको लागि तोकेको पनि श्रेष्ठले जानकारी दिनुभयो । बैठकले भुगोलमा खटिएर जाने नेताहरुले वडा तहबाटै संगठन गठन, पुनर्गठन लगायत कार्यविधिमा तोकिएका कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी पनि तोकिएको छ ।