७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

जलहरीमा नाम कुँदिएकोबारे सचेतक बर्तौला: उद्घाटन गर्नेको नाम लेखिनु सामान्य

जलहरीमा नाम कुँदिएकोबारे सचेतक बर्तौला: उद्घाटन गर्नेको नाम लेखिनु सामान्य
फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको बताउनुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहााले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले पशुपतिमा सुनको जलहरीको जाँच गर्न अतियार दुरुपयोग अनुसन्धान आयोग जानु÷नजानु भन्नेकुरा एमालेको सरोकारको विषय नभएको र सरकारले आफ्नो ढंगले काम गर्न पाउने बताउनु भयो । उहाँले नेकपा एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको भन्दै एमाले नेताहरु जोडिएका घटनाहरु कुनै भए सबै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो ।

उहाँले अख्तियारको पूर्ण रिपोर्ट नआइसकेको भन्दै जलहरीमा पूर्वराट्रपति, पूर्वप्रधानमन्त्रीको नाम रहेको भन्नेकुरा सामान्य विषय भएको बताउनु भयो । उहाँले नेतृत्व लिएको हिसावले नाम आएपनि ठूलो विषय नरहेको र उद्घाटन गरिएका ठाउँमा नेतृत्वको नाम आउनु स्वभाविक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पशुपतिको जलहरीमा कहीँ कतै बदमासी भएको छ भने बदमासी गर्नेहरुलाई कारबाही गर्नुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ । कठघरामा ल्याउनुपर्छ । हामीसँग सरोकारको विषय होइन यो, सरकारले के रहेछ सत्यतथ्य त्यो बाहिर ल्याउनुपर्छ । एमाले यस्तो बदमासीमा महिले पनि मुसिँदैन । अख्तियार कहाँ गएर के खोजि गर्छ, त्यो उसको विषय हो । नेकपा एमालेका नेता जोडिएका केही घटना, काण्डहरु छन्, भने त्यस्ता घटनाहरुमा छानबिन होस् ।

हामी हाम्र कोही पनि नेताहरुलाई गलत काम गरेको भए बचाउन लाग्दैनौँ । कुनै गलत काम हामीबाट भएको छैन । पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वसंस्कृतिमन्त्रीको नाम लेखियो भन्नेकुरा पूर्वाग्रहपूर्ण हो, केपी ओलीको लोकप्रियता छ, राष्ट्रले भरोसा गरेको छ, त्यसको बिरुद्धमा यो आएको हो । त्यही पनि यसको सत्यतथ्य रिपोर्ट आएपछि मात्रै यसबारेमा बोल्न सकिन्छ ।

उहाँको सरकारको पालामा, नेतृत्व रहेका बेलामा काम भएको कुरामा सामान्य कुरा हो । यस्तो सामान्य कुरामा पनि अल्झिएर बस्नु, टिप्पणी जोड्न थाल्छौँ । मेरा पनि कति स्थानमा नाम लेखिएका छन् । कतै ताम्रपत्र, फलाममा छ, कतै चाँदीकैमा नाम मेरैमा लेखिएको छ ।’

सचेतक बर्तौलाले देशको नेतृत्व गरिसकेको मानिसको नाम उद्घाटन गरिएको ठाउँमा लेखियो भनेर बस्नु तर्क गर्ने अर्को ठाउँ नपाउनु भएको बताउनु भयो ।