२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशाला २६ लाई उपचार खर्च दिन अदालतको आदेश



अ+ अ-

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला २६ लाई उपचार खर्च भराउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट गौशाला २६ लाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो ।

गौशाला २६ ले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा लागेको खर्चको क्षतिपूर्ति सन्दीपबाटै पाउनुपर्ने माग गर्दै जिल्ला अदालतमा निवेदन दिएकी थिइन् । उनले करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् । अस्पतालका चिकित्सकको बकपत्र समेत पेश गरेपछि अदालतले उपचार खर्चवापत १ लाख रुपैयाँ उपलब्ध गराउन आदेश दिएको हो ।

सन्दीपका वकिलहरूले भने बलात्कार भएको ठहर नै नभइकन क्षतिपूर्ति दिन नमिल्ने भन्दै निवेदनको प्रतिवादमा बहस गरेका थिए ।

सन्दीप अहिले जिम्बाबेमा छन् । सर्वोच्च अदालतमा पेशी सार्न निवेदन दिएर उनी राष्ट्रिय टीमबाट क्रिकेट खेल्न जिम्बाबे गएका हुन् । उनी असार २४ मा फर्किने बताइएको छ ।