२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

परेवालाई घरमा गुँड बनाउनबाट नरोक्नुहोस्, मिल्नेछ यस्ता शुभ संकेत



अ+ अ-

एजन्सी । हिन्दू धर्ममा प्रकृति र जनावरको विशेष महत्व छ । चराचुरुङ्गी र जनावरको ग्रहसँग विशेष सम्बन्ध छ । यही कारणले गर्दा उनीहरुलाई शुभ र अशुभको क्षेत्रमा गणना गरिन्छ ।

जहाँ केही जीवित प्राणीलाई घरमा पाल्नु वा आउनुलाई शुभ मानिन्छ, उता केही जीवलाई अशुभ पनि मानिन्छ । परेवाको कुरा गर्दा यसलाई शुभ पंक्षीको श्रेणीमा राखिएको छ ।

भनिन्छ घरमा परेवा पस्ने बित्तिकै दुर्भाग्य सौभाग्यमा परिणत हुन्छ । तसर्थ, यो सल्लाह दिइन्छ कि तिनीहरूको गुँड कहिल्यै नष्ट गर्नु हुँदैन । परेवाले तपाईंको घरमा गुँड बनाउन थाल्दा ध्यान दिनुपर्ने संकेतहरू यस्ता छन् ।

धेरै पटक परेवाले घरको बालकनी, टेरेस वा एसीमा गुँड बनाउँछन् । शकुन शास्त्रमा परेवाको गुँड बनाउनु शुभ मानिन्छ । घरमा परेवा प्रवेश गरेमा परिवारमा सुख र समृद्धि आउने विश्वास गरिन्छ । परेवाको आगमनसँगै घरको दुर्भाग्य सौभाग्यमा परिणत हुन्छ ।

शकुन शास्त्रमा पशु–पक्षीसँग सम्बन्धित लक्षणहरूको विस्तृत व्याख्या गरिएको छ । शकुन शास्त्रमा विश्वास छ कि यदि तपाईको घरमा परेवाले गुँड बनाउन थाल्छ भने यसको अर्थ तपाईलाई छिट्टै धन आउनेछ ।

परेवाले सुख र समृद्धि ल्याउने विश्वास गरिन्छ । त्यसैले परेवाको गुँड कहिल्यै हटाउनु हुँदैन । परेवालाई धेरै शुभ मानिन्छ, त्यसैले परेवालाई दिनहुँ खुवाउनुपर्छ । यसो गर्नाले ग्रह दोष हट्छ ।