२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन न्यूजील्यान्ड भ्रमणमा

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन न्यूजील्यान्ड भ्रमणमा
अ अ+ अ-

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन न्यूजील्यान्डको भ्रमणका लागि आइतबार न्यूजील्यान्डको क्वीन्सटाउन आइपुग्नु भएको छ । उहाँलाई न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले स्वागत गर्नु भएको थियो । 

दुई नेताको लामो समयपछि भएको भेटवार्तामा कोरोनाभाइरस महामारीका कारण लामो समय बन्द गरिएको हवाई यातायातलाई पुनः पूर्ववत रुपमै सञ्चालन गर्ने तथा दुबै मुलुकसँग चीनको सम्बन्धमा आएको तिक्तताका विषयमा छलफल हुने अनुमान गरिएको छ । 

कोरोनाभाइरसको संक्रमण फैलिएपछि कडा प्रतिबन्ध घोषणा गरेको न्यूजील्यान्डको भ्रमण गर्ने मोरिसन पहिलो विशिष्ट नेता हुनुहुन्छ । छिमेकी यी दुबै देशले गत महिनादेखि क्वारेन्टिनमुक्त यात्रा खोलेका थिए । तर हालै मात्र अस्ट्रेलियाको मेलबोर्नमा कोभिड–१९ को संक्रमण देखिएपछि भिक्टोरिया राज्यबाट हुने उडान प्रभावित भएका छन् ।

न्यूजील्यान्डले यतिबेला क्यान्टरबरी क्षेत्रमा ठूलो वर्षासहितको बाढीको सामना गरिरहेको छ । भिडियो दृश्यहरुमा हेलिकप्टरको सहायताबाट मानिसको उद्धार गरिएको देखाएको छ । बाढीले हजारौं घरपरिवारलाई विस्थापित गर्ने खतरा उत्पन्न भएको छ । 

क्वीन्सटाउनलाई दुबै नेताको भेटघाटका लागि तोकिनुमा यहाँको पर्यटन व्यवसायलाई पुनर्जीवन दिने प्रयास पनि हो । पर्यटकीय नगर क्वीन्सटाउनलाई कोभिड–१९ को महामारीले ज्यादै नराम्रोसँग प्रभावित बनाएको छ । पर्यटन व्यवसायीले अस्ट्रेलियाली पर्यटक यहाँ आउने आशा गरेका छन् । 
दुबै देशका लागि चीनसँगको सम्बन्ध पनि वार्ताको प्रमुख अजेन्डा हुनेछ । 

अस्ट्रेलियासँग चीनको सम्बन्ध निकै कमजोर अवस्थामा पुगेको छ । अस्ट्रेलिया सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेको सेवालाई अस्ट्रेलियामा प्रतिबन्ध लगाउने तथा कोरोनाभाइरसको उत्पत्तिका सम्बन्धमा चीनमाथि स्वतन्त्र छानबिन गर्नुपर्ने माग गरेपछि चीन र अस्ट्रेलियाबीचको विवाद चुलिएको हो । 
न्यूजील्यान्डले पनि हालैका महिनाहरुमा केही विषयमा चीनको विरोध गर्दै आएको छ । तर चीनसँग अस्ट्रेलियाको भन्दा न्यूजीन्यान्डको सम्बन्ध केही सुमधुर छ । 

न्यूजीन्यान्डकी प्रधानमन्त्री आर्डर्नले मोरिसनसँग कोभिड–१९ को पुनरुद्धारका साथै केही प्रमुख क्षेत्रीय चुनौती एवं सुरक्षा मामिलामा छलफल गर्ने बताउनु भएको छ ।

उहाँले संवाददाताहरुसँग भन्नुभयो, “अस्ट्रेलियासँग हाम्रो सम्बन्ध अत्यन्त प्रगाढ र ज्यादै महत्वपूर्ण छ ।”