७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ

सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ
सांकेतिक तस्बिर
अ+ अ-

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुव्र्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ ।

आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली र कञ्चनपुर ब्राउन सुगरको अवैध कारोबार र दुव्र्यसनकर्ताको अखडा बन्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्त)मा सुदूरपश्चिममा प्रहरीले लागुऔषधसम्बन्धी मुद्दामा सात सय ५४ जनालाई पक्राउ गरेको छ । जसमा १७ जना भारतीय नागरिक रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशमा लागुऔषध मुद्दामा दुई सय ७० जना पक्राउ पर्नुका साथै सोसम्बन्धी एक सय ७१ मुद्दा दर्ता भएका थिए । पछिल्लो समय समाजको तल्लो तहसम्म लागुऔषध ब्राउन सुगर, चरेशलगायतको कारोबार र सेवनकर्ता बढ्दै गएको देखिएको छ ।

तीन वर्षअघिको तुलनामा सुदूरपश्चिममा लागुऔषध मुद्दामा पक्राउ सङ्ख्या र मुद्दाको सङ्ख्या हेर्दा ठूलो सङ्ख्याले बढेको पाइएको छ । कैलाली र कञ्चनपुरमा भारतसँगको खुला सीमानाका कारण ब्राउन सगुरको आयात र अवैध कारोबार बढ्दै गएको प्रहरीको भनाइ छ ।

गत साउनदेखि जेठसम्म सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रहरीले एक किलो दुई सय ८८ ग्राम आठ सय ९२ मिलिग्राम बाउनसुगर बरामद गर्नुका साथै ४८ किलो आठ सय छ ग्राम चरेश र एक सय चार किलोग्रामभन्दा बढी चरेश बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले सुदूरपश्चिममा प्रहरीले लागुऔषध न्यूनीकरण र अवैध ओसारपसार नियन्त्रणका लागि स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रमदेखि कारबाहीको दायरामा ल्याउनेसम्मको काममा सक्रिय रहेको बताउनुभयो ।

“भारतसँगको खुला सिमाना, नेपाल–भारतमा लागुऔषध कारोबारको सञ्जालका कारणले यो समाजमा फैलिँदै गयो”, प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो, “पहाडी जिल्लाबाटसमेत सोझै भारतमा सम्पर्क गरेर लागुऔषध भित्र्याउने गरेको पनि पाइयो ।”

उहाँले प्रदेश प्रहरीको अगुवाइ र धनगढी उपमहानगरपालिकाको सहकार्यमा फूलबारीमा सुधार केन्द्र निर्माणको प्रक्रिया चलिरहेको जानकारी दिनुभयो । “हरेक दिन लागुऔषधसहित तीनदेखि पाँच जना पक्राउ परेकै छन्”, उहाँले भन्नुभयो, “जनचेतना, कानुनी कारबाही र सुधार केन्द्र गरी प्रहरीले तीन वटा कोणबाट यसको नियन्त्रणका लागि प्रयासरत छ ।”

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा यहाँ लागुऔषध मुद्दामा तीन सय ९४ जना पक्राउ पर्नुका साथै दुई सय ५३ वटा मुद्दा दर्ता भएका थिए आव २०७८/७९ मा यहाँ तीन सय ५३ लागुऔषधसम्बन्धी मुद्दा दर्ता भए भने पाँच सय ६३ जना पक्राउ परेका छन् ।

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा एक किलो ५६ ग्राम ब्राउन सुगर, एक सय १२ किलोग्राम चरेस र एक किलो पाँच सय ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यहाँस्थित रिकभरिङ नेपालका केन्द्रीय सदस्य एवं राष्ट्रिय समाज कल्याण सङ्घमा लागुऔषधको क्षेत्रमा लामो समयदेखि कार्यरत नवराज पाण्डेयले सुदूरपश्चिममा मात्रै लागुऔषध दुरुपयोगकर्ताको सङ्ख्या तीन हजारभन्दा बढी रहेको बताउनुभयो ।

“ब्राउन सुगरको अवैध व्यापार यहाँका गाउँबस्तीसम्म पुगिसक्दा युवापुस्ता नराम्ररी प्रभावित छ”, पाण्डेयले भन्नुभयो, “लागुऔषध नियन्त्रणका लागि राज्यबाट नीति योजना बने तर ठोसरुपमा कार्यान्वयनको जोड दिइएन ।” उहाँले लागुऔषधकै कारण सामाजिक अपराध बढ्नुका साथै मानसिक रोगीको सङ्ख्या वृद्धि भइरहेको बताउनुभयो ।

“लागुऔषधको ओभरडोजकै कारण ज्यान गुमाएका धेरै उदाहरण सुदूरमा छन्”, उहाँले भन्नुभयो, “यतिसम्म कि कारागारमा रहेको छोरालाई ब्राउन सुगर दिन जाँदा आमा पक्राउ परेको घटना यहाँ देखिए ।”

उहाँले सामान्यरुपमै लागुऔषध पाउन थालेका कारण यसको दुरुपयोगकर्ता सुदूरपश्चिममा बढिरहेकोप्रति सबैको चिन्ता र चासो हुनु नपर्नेमा जोड दिनुभयो ।

“चलचित्रमा सुन्ने गरेको ब्राउन सुगर अहिले यहाँका गाउँबस्तीमा पाउन थालेको घटनाले गम्भीर भएनौँ भने अवस्था चिन्ताजनक आउन सक्छ”, उहाँले भन्नुभयो, “यसको न्यूनीकरणका लागि सबैको हातेमालो अति आवश्यक भइसक्यो ।” रासस