• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

प्रकाश सपुतमाथिको आक्रमणले सम्पूर्ण कलाकारको मन दुखेको छ – लोक दोहोरी प्रतिष्ठान



काठमाडौंँ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा भएको बोतल प्रहार घटना अत्यन्तै निन्दनीय र आमानवीय भएको बताएको छ ।

प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गर्दै रोमानियामा सपुतमाथि भएको क्रियाकलाले सम्पूर्ण नेपाली कलाकारको मन दुखेको जनाएको छ ।

‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव प्रकाश सपुतमाथि रोमानियामा आयोजित ‘याद नेपाली म्युजिक फेस्टिभल–२’ मा आफ्नो प्रस्तुति दिइरहेका बेला बोत्तल प्रहार भएको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रतिष्ठानका अध्यक्ष रिता थापामगरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो घटना अत्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठा भएको प्रतिष्ठानको ठहर छ ।’

यस्तै, प्रतिष्ठानले दोषिमाथि कारबाही गर्न समेत माग गरेको छ ।