• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु ★   दुर्गमका सबै पालिकामा नुन सुलभ रुपमा उपलब्ध गराउन संसदीय समितिको निर्देशन ★   ‘चेन्नईको भगवान’ भन्दै धोनीको मन्दिर बनाउन माग ★   यसै हप्ताभित्र सरकार बिस्तार हुन्छ: मुख्यमन्त्री कार्की ★   पार्टी विभाजनमा प्रधानमन्त्रीको हात रहेको जसपा नेपालको आरोप ★   जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता: प्रधानमन्त्रीले पार्टी फुटाएको आरोप ★   सभामुखद्वारा सदन खुलाउन छलफल ★   सडक दुर्घटनामा कन्नड टेलिभिजन अभिनेत्रीको मृत्यु

फ्यानले सोधे – मसँग चुरोट खान जान्छौ ? शाहरुखले भने– म नराम्रो काम एक्लै गर्छु



एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानले आइतबार साँझ ‘शाहरुखसँग सोधपुछ’ कार्यक्रम गरेका थिए । यस क्रममा उनले एकपछि अर्को धेरै प्रश्नको जवाफ दिए । फ्यानहरूले शाहरुखलाई उनको व्यक्तिगतदेखि व्यावसायिक जीवनसँग सम्बन्धित धेरै प्रश्नहरू सोधे ।

उनका एक फ्यानले आफ्ना जुम्ल्याहा सन्तान भएमा उनीहरुको नाम ‘पठान’ र ‘जवान’ राख्ने बताइन् । शाहरुखले ठट्टा गर्दै ती महिलालाई आफ्ना छोराछोरीको अर्को नाम खोज्न भने । त्यही क्रममा एक फ्यानले शाहरुखलाई चुरोट पिउने बारेमा सोधे । शाहरुखले जवाफ दिए कि – म यी सबै खराब काम एक्लै गर्न रुचाउँछु ।

समय समयमा शाहरुखले ‘ask srk’ मार्फत आफ्ना फ्यानहरूसँग अन्तरक्रिया गर्छन् । कुराकानीको क्रममा शाहरुखको हास्य र फनी स्टाइल देखिन्छ ।