१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

द.कोरियाका नवनियुक्त राजदुत र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदुत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसा तिमिल्सिनासँग शिष्टाचार भेट गर्नुभएको छ ।

सोमवार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा भेटघाट भएको हो । भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रुपमा छलफल भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनु भयो ।

उहाँले भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पुर्‍याउने, सहयोगका क्षेत्रहरु फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा जोड दिएको बताउनु भयो । उहाँले नेपाल एयरलाइन्सले अब कोरियामा उडान भर्नुपर्ने विषयमा पनि छलफल भएको र दक्षिण कोरिया उडानले आवागमनमा सहज हुने विश्वास रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालका लागि नवनियुक्त कोरियाली राजदुतसँग शिष्टाचार भेट भयो । दुई देशको सम्बन्धका बारेमा विस्तृत रुपमा हामीले छलफल गर्‍यौँ । यसले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ उचाईमा पुर्‍याउने, सहयोगका क्षेत्रहरु फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा उहाँ उत्साहीत हुनुहुन्छ । कोरियामा नेपाल एयरलाइन्सलाई अब उडान भर्नुपर्छ भन्नेकुरामा पनि छलफल भयो । यसले आवागमनमा सहज हुनेछ भन्ने छलफल भएको छ ।’

राजदुतसँगको भेटमा अनुभवहरुको आदानप्रदानका बारेमा पनि छलफल भएको अध्यक्ष तिमिल्सिनाले बताउनु भयो ।