• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   दातृ निकायको खाजामा राजनीतिक स्टण्टबाजी ★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन

सप्तरीमा केटीको नक्कली जन्मदर्ता बनाइ केटालाई थुनाएको भन्दै दोषी उपर कारबाही गर्न माग



काठमाडौँ । सांसद रघुजी पन्तले सप्तरीमा बबिता ईश्वर र मनोज रामले कानूनी विवाह गरेको भएपनि केटीको उमेर घटाएर नक्कली जन्मदर्ता बनाइ केटालाई थुनिएको भन्दै दोषी उपर कारबाही गर्न माग गर्नुभयो । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वडा अध्यक्षले फर्जि जन्मदर्ता बनाएकाले वडा अध्यक्षलाई समेत कारबाही गर्नुपर्ने बताउनु भयो । दलितहरु माथि अझै विभेद भइरहेको भन्दै सामाजिक चेतना दिने काम राजनीतिक दलहरुले पनि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रेम गरेकै कारणले दलितहरु जेलमा जान्छन् । मारिन्छन् । सप्तरीको बबिता ईश्वर भन्ने केटीले २१ वर्ष पुगेतापनि मनोज राम भन्ने दलित केटासँग विवाह गरिन् । विवाह गरेर कपिलवस्तुको अदालतमा गएर जन्मदर्ता देखाएर दुवै जनाको उमेर २१/२१ वर्ष छ भनेर कपिलवस्तुको अदालतमा विवाह दर्ता भयो । तर केटीको बाबुलाई त्यो कुरा मन परेन । उनले वडा अध्यक्षलाई भनेर केटीको उमेर घटाएर । जन्मदर्ताको नयाँ नक्कली प्रमाणपत्र झिकेर केटीको उमेर घटाएर नाबालिग बनाएर केटालाई पनि जेलमा राखेको छ । केटाको दाजुलाई समेत अपहरणमा, शरिर बन्धकमा जेलमा राखेको छ ।’

‘खालि प्रशासनको मात्रै होइन हामी राजनीतिक पार्टीहरुले कांग्रेस, एमाले, माओवादी जस्ता ठुला दलहरुले जनताका बिचमा सामाजिक चेतनाको काम गरेनौँ । समाजमा चेतनाको काम गरेनौँ र समाज रुपान्तरणको कुरा सरकार र प्रशासनमा मात्र भर पर्‍यौँ । प्रश्न उठेको छ, दलितले समान अधिकार कहिले पाउने रु दलितहरु पीडिको पिडित, मारिएको मारिएकै रु यस्ता विषयमा सरकारको ध्यान जाओस् । यो प्रशासन र प्रहरीको बदमासी हो । नक्कली जन्मदर्ता बनाउने वडा अध्यक्षलाई कारबाही गरियोस् ।’