२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा केटीको नक्कली जन्मदर्ता बनाइ केटालाई थुनाएको भन्दै दोषी उपर कारबाही गर्न माग



अ+ अ-

काठमाडौँ । सांसद रघुजी पन्तले सप्तरीमा बबिता ईश्वर र मनोज रामले कानूनी विवाह गरेको भएपनि केटीको उमेर घटाएर नक्कली जन्मदर्ता बनाइ केटालाई थुनिएको भन्दै दोषी उपर कारबाही गर्न माग गर्नुभयो । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वडा अध्यक्षले फर्जि जन्मदर्ता बनाएकाले वडा अध्यक्षलाई समेत कारबाही गर्नुपर्ने बताउनु भयो । दलितहरु माथि अझै विभेद भइरहेको भन्दै सामाजिक चेतना दिने काम राजनीतिक दलहरुले पनि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रेम गरेकै कारणले दलितहरु जेलमा जान्छन् । मारिन्छन् । सप्तरीको बबिता ईश्वर भन्ने केटीले २१ वर्ष पुगेतापनि मनोज राम भन्ने दलित केटासँग विवाह गरिन् । विवाह गरेर कपिलवस्तुको अदालतमा गएर जन्मदर्ता देखाएर दुवै जनाको उमेर २१/२१ वर्ष छ भनेर कपिलवस्तुको अदालतमा विवाह दर्ता भयो । तर केटीको बाबुलाई त्यो कुरा मन परेन । उनले वडा अध्यक्षलाई भनेर केटीको उमेर घटाएर । जन्मदर्ताको नयाँ नक्कली प्रमाणपत्र झिकेर केटीको उमेर घटाएर नाबालिग बनाएर केटालाई पनि जेलमा राखेको छ । केटाको दाजुलाई समेत अपहरणमा, शरिर बन्धकमा जेलमा राखेको छ ।’

‘खालि प्रशासनको मात्रै होइन हामी राजनीतिक पार्टीहरुले कांग्रेस, एमाले, माओवादी जस्ता ठुला दलहरुले जनताका बिचमा सामाजिक चेतनाको काम गरेनौँ । समाजमा चेतनाको काम गरेनौँ र समाज रुपान्तरणको कुरा सरकार र प्रशासनमा मात्र भर पर्‍यौँ । प्रश्न उठेको छ, दलितले समान अधिकार कहिले पाउने रु दलितहरु पीडिको पिडित, मारिएको मारिएकै रु यस्ता विषयमा सरकारको ध्यान जाओस् । यो प्रशासन र प्रहरीको बदमासी हो । नक्कली जन्मदर्ता बनाउने वडा अध्यक्षलाई कारबाही गरियोस् ।’